द इन्टेलिजेन्ट इन्भेस्टर
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
लेखक | बेन्जामिन ग्राहम |
---|---|
आवरण कलाकार | Donavan Hayes |
देश | अमेरिका |
भाषा | अंग्रेजी |
विषय | प्रतिभूति, लगानी |
प्रकाशक | Harper & Brothers |
प्रकाशित मिति | सन् १९४९ |
पृष्ठ | 640 |
आइएसबिएन | 0-06-055566-1 (2008 edition) |
OCLC | 1723191 |
एलएलसी वर्गीकरण | HG4521 .G665 |
बेन्जामिन ग्राहमद्वारा इन्टेलिजेन्ट इन्भेस्टर, पहिलो १९४९ मा प्रकाशित, मूल्य लगानीको एउटा प्रख्यात पुस्तक हो।
बेञ्जामिन ग्राहमले लेखेको किताब ‘द इन्टेलिजेन्ट इन्भेस्टर’लाई वारेन बफेट आफ्नो व्यावसायिक जीवनका लागि पथ प्रदर्शक ठान्छन् । बफेटका अनुसार बेञ्जामिन ग्राहमको यो किताब पढेपछि नै उनले लगानीका कयौं मन्त्रहरु सिके, यसको सोझो फाइदा उनको पोर्टफोलियोलाई भयो ।
सेयर बजारमा सफलतापूर्वक लगानी गर्ने मानसिकता बनाउने यो पुस्तकले उनलाई सहयोग गरेको बफेटआफैं बताउँछन् । लगानीकर्तालाई पहिलोपटक यो पुस्तक बुझ्न केही कठिन हुन्छ, किनभने यसमा वित्तीय शब्दावलीहरू जटिल खालका छन् । यो पुस्तकलाई बुझ्न कठिन भए ‘द इन्टेलिजेन्ट इन्भेस्टर’ को सय पृष्ठको सारांश पनि पढ्न सकिनछ । [१]
लगानी
[सम्पादन गर्नुहोस्]लगानीका मुख्य पक्षहरू
- गहिरो विश्लेषण
आफुले जुन कम्पनि वा शेयरमा लगानी गर्ने हो , सो को गम्भीर विश्लेषण गर्नु पर्छ र गहिराइमा गएर बुझ्नुपर्छ ।
- मूलधनको सुरक्षा
फाइदा पाउन जोखिम लिनु पर्छ भन्दैमा मूलधनलाई जोखिममा पार्नु हुदैन । मूलधनको सुरक्षा भएन भने लगानी , जुवा/ सट्टाबाजीमा परिणत हुन्छ ।
- पर्याप्त प्रतिफल
मिस्टर मार्केट
[सम्पादन गर्नुहोस्]बजार बढेको बेलामा शेयर बेचेर बाहिरिनु पर्छ भने बजार घटेको बेला भनेको शेयर किन्ने उपयुक्त समय हो ।
सुरक्षा सीमा / मार्जिन अफ सेफ्टी
[सम्पादन गर्नुहोस्]यदि हामीले विश्लेषण गर्दा कुनै कम्पनिको शेयर १०० रुपैयाँ पर्छ भने केहि सेफ्टी राखेर शेयर खारिद गर्नुपर्छ ; ८० वा ९० रुपैयाँ
लगानीकर्ताका किसिमहरु
[सम्पादन गर्नुहोस्]- रक्षात्मक लगानीकर्ता
जोखिम लिन डराउछन् ।
गहिरो विश्लेषण गर्ने समय हुदैन ।
- उद्यमी लगानीकर्ता
गहिरो विश्लेषण गर्छन् , धेरै समय लगाउछन्
जोखिम धेरै लिन्छन।
- हाइब्रिड लगानीकर्ता
उद्यमी लगानीकर्ता र रक्षात्मक लगानीकर्ताको गुणको मिश्रण ।
अरुको कुरा सुनेर लगानीको सोच बनाउछन् ।
सधैं औसतभन्दा कम कमाउछन् ।