ध्यानगोविन्द रञ्जित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ध्‍यान गोबिन्‍द रञ्‍जित नेपालका एक राजनीतिज्ञ, संविधान सभा सदस्य र नेपाली काँग्रेस काठमाडौँ जिल्ला समितिका सभापति हुन | रञ्जित संविधानसभा-२मा काठमाडौँको क्षेत्र नं. ९बाट नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित भएका छन्। उनी चैत्र २०६४मा भएको संविधान सभाको निर्बाचनमा पनि काठमाडौँ ९बाट निर्बाचित भएका थिए।

रञ्‍जित २०१४ सालको भद्र अवज्ञा अन्दोलन देखि राजनीतिमा सक्रिय हुनु भएका हुन | २०१७ सालमा प्रजातन्त्रको समर्थन गरेकोले १७ वर्ष्को कलिलो उमेरमा जेलमा पर्नु भए देखि हाल सम्म वहाँ निरन्तर राजनीतिमा लाग्दै आउनु भएको छ| प्रजातान्त्रिक अन्दोलनको क्रममा वहाँलाई निरङकुश पंचायती शासनले पटक पटक गरी १० (दस) वर्ष भन्दा बदि जेलमा बन्दी बनाएका थिए |

पञ्चायती शासनको बिरोधको क्रममा वहाँले धेरै वर्ष् भारतमा निर्वासन जीवन समेत बिताउनु भएको थियो |

निरन्तर जेल जीवन् र निर्वासनको वाबजुद वहाँले राजनिति शास्त्रमा स्नातकोत्त‍र (एम. ए.) गर्नु का साथै मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन (एम. पि. ए.) र ब्याचेलर इन ल (बी. एल.) अध्ययन गर्नु भएको छ |

२०१७ सालमा, आफ्नै आँखा अगाडि बी. पी. कोइरालालाई पक्राउ गरेर लगेको घटनाले ध्यानगोविन्द रन्जितलाई राजनीतिमा लाग्न प्रेरित गर्‍यो। त्यसवेला राजा महेन्द्रको 'कु' विरुद्ध आन्दोलन गर्न लाग्दा उहाँ पक्राउ पर्नुभयो। त्यसपछि राजनीतिका क्रममा उहाँ दर्जनौ पटक पक्राउ परिसक्नुभएको छ।

हाल नेपाली कांग्रेसका काठमाडौँ जिल्ला अध्यक्ष रहनुभएका रन्जित प्रजातन्त्र प्रतिको लगाव, जन आन्दोलनमा खेलेको सक्रिय भूमिका र समाजवादी चिन्तनले आफूलाई विजयी बनाएको बताउनुहुन्छ। संविधानसभामा समृद्ध नेपाल, जनताको मौलिक अधिकार र लोकतन्त्रको विकास सम्बन्धी मुद्दा उठाउने उहाँको लक्ष छ।

रन्जितले त्रिभुवन विश्वविद्यालयबाट बी.एल्. र राजनीतिशास्त्रमा एम्.ए. गर्नु भएको छ। उहाँ दुई छोरा र दुई छोरीका पिता हुनुहुन्छ। विभिन्न सामाजिक संघसंस्था सँग आबद्ध ध्यानगोविन्द रन्जितको रुचि भ्रमण र अध्ययनमा छ।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]