नेपालको राष्ट्रिय गान
नेपाली विकिपीडियाबाट
राष्ट्रिय गान सामान्यतया देशभक्तिले भरिपूर्ण गीत हो जसले इतिहास, संस्कृती, जनताको सङ्घर्षलाई बयान गर्छ र त्यस देशको सरकारले आधिकारिक मान्यता दिएर अथवा जनमानसवीचको चलनचल्तिले प्रमुख राष्ट्रिय गीतको रूप लिएको हुन्छ।
यो लेख नेपालको राष्ट्रिय गानको बारेमा हो । सन् २००६ मे १९ को प्रतिनिधि सभा घोषणाले त्यतिखेरको राष्ट्रिय गान "श्री मान् गम्भिर" लाई निलम्वन गरेको थियो र नयाँ गानको चयन भईसकेको छ ।।
विषयसूची |
[परिवर्तन्] नयाँ राष्ट्रिय गान
राष्ट्रिय गान छनौट गर्न गठित १४ सदस्यीय कार्यदलले १२ सय ९२ जनाको रचना मध्ये ब्याकुल माइलाको (प्रदिपकुमार राई, ३४) गीतलाई सर्वोत्कृष्ट मानेर चयन गरेको छ।
[परिवर्तन्] शब्द
- सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
- सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
- प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
- वीरहरुका रगतले, स्वतन्त्र र अटल
- ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
- अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
- बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
- अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
[परिवर्तन्] पुरानो राष्ट्रिय गान (निलम्बित)
सन् १९६२ देखि अपनाइएको "राष्ट्रिय गान" नेपालको राजा र राष्ट्रको निम्ति समर्पित छ। यसको संगीत सन् १८९९ मा भक्त बहादुर बुढापिर्थीले रचना गर्नुभएको थियो। यसको शब्द रचना श्री चक्रपाणि चालिसेले सन् १९२४ मा गर्नु भएको थियो।
[परिवर्तन्] शब्द
- श्रीमान् गम्भीर नेपाली
- प्रचण्ड प्रतापी भूपति
- श्री ५ सरकार महाराजाधिराजको
- सदा रहोस् उन्नति
- राखुन् चिरायु ईशले
- प्रजा फैलियोस्
- पुकारौ जय प्रेमले
- हामी नेपाली साराले