पलक मुच्छल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पलक मुच्छल
व्यक्तिगत विवरण
जन्म (1992-03-30) ३० मार्च १९९२ (उमेर ३१)
इन्दौर, मध्य प्रदेश, भारत
विधाहिन्दी चलचित्र/बलिउड
सक्रिय वर्ष१९९७-अहिले सम्म

पलक मुच्छल (जन्म : ३० मार्च १९९२) एक भारतीय पार्श्व गायिका हुन् ।[१] पलक र उनको सानो भाइ पलाश मुच्छल भारत तथा विदेमा सार्वजनिक मञ्चमा गीत गाएर ह्रदय पीडीत सानो बालबालिकाहरूको उपचारको लागि चन्दा जम्मा गर्छन् । उनले मे २०१३ सम्म अढाई करोड रुपैयाको चन्दा जम्मा गरेर ५७२ बच्चाहरूको ज्यान बचाउनको लागि वित्तीय सहायता प्रदान गरेकी छिन् । पलकको यस समाज सेवामा योगदानको लागि उनको नाम गिनिज बुक्स अफ वर्ल्ड रेकर्ड तथा लिम्का बुक वर्ल्ड रेकर्डमा दर्ता गरिएको छ । भारत सरकार र विभिन्न सामाजिक संस्थाहरू उनलाई विभिन्न पुरस्काहरूले सन्मानित गरेका छन् । सन् २०११ मा पलकले हिन्दी चलचित्रहरूमा पार्श्व गायिकाको रूपमा गाउन शुरू गरिन् । उनलाई खासगरि "एक था टायगर" र "आशिकी २" चलचित्रको गीतहरूको लागि धेरै प्रशंसा गरिएको छ ।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ""I realised I could help people with my voice" - Palak Muchhal -", BollySpice, २५ अप्रैल २०१२, अन्तिम पहुँच १३ अप्रैल २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]