पारिजात

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सुप्रसिद्ध साहित्यकार पारिजातको जन्म वि.सं. १९९४ वैशाख महिनामा लिंगिया चिया बगान, दार्जीलिङमा भएको थियो। पिताको नाम डा. के. एस. वाइबा र माताको नाम अमृत मोक्तान थियो। उहाँ माता-पिताको तेस्रो सन्तान हुनुहुन्थ्यो। लामाहरूको उहाँको छेकुडोल्मा नाम राखिदिएका थिए। उहाँको अर्को नाम विष्णुकुमारी वाइबा हो। तर साहित्यमा उहाँ पारिजात नामले चिनिनुभयो। सानैमा आमाको माया-ममताबाट बञ्चित पारिजात अध्ययनलाई अगाडि बढाउने उद्देश्यले वि.सं. २०११ सालमा काठमाडौँ आउनुभयो। विद्यालयस्तरको अध्ययन दार्जिलिङमा नै पूरा गर्नुभएकी पारिजातले पद्मकन्या कलेज (तत्कालीन पाटना विश्वविद्यालय अन्तर्गतमा) भर्ना भई मानविकी तथा समाजशास्त्रमा स्नातक गर्नुभयो। २०१६ सालमा स्नातकोत्तर -अङ्ग्रेजी विषमा) गर्न थालेपनि तीन वर्षसम्म शिक्षण पेशामा संलग्न भई मदन मेमोरियल हाइस्कूलमा पढाउनुभयो। स्नातकोत्तर तह पूरा गर्न सक्नु भएन। शरीर कुँजिने रोगका कारण शिक्षण छाडी लेखन र स्वाध्ययन थाल्नुभयो। पारिजात २०५० साल वैशाख ५ गते काठमाडौँमा दिवंगत हुनुभयो।

[सम्पादन गर्ने] प्रकाशित कृतिहरू

पारिजातका प्रकाशित कृतिहरू -

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा