पास्कलको नियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पास्कलको नियम (पास्कलको सिद्धान्त [१][२][३] पनि भनिन्छ तरल पदार्थको चापको प्रसारणको सिद्धान्त पनि भनिन्छ) ब्लेज पास्कलद्वारा प्रतिपादित तरल यान्त्रिकी (fluid mechanics) को सिद्धान्त हो ।जुन नियम यस प्रकार छ - बन्द भाँडामा रहेको तरल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने त्यती नै चाप सबैतिर लम्ब भएर प्रसारण हुन्छ ।[४] यो नियम फ्रेन्च गनितिज्ञ ब्लेज पास्कल ले १६५३ मा स्थापित गरेका थिए र १६६३ मा प्रकाशित गरेका थिए । [५][६]

पास्कलको नियम

ब्लेज पास्कलको जन्म सन् १६२३ मा फ्रान्समा भएको थियो । उनी एक प्रसिद्ध गणितीज्ञ, भौतिकशास्त्री र दार्शनिक पनि थिए । उनले तरल पदार्थमा चापका सम्बन्धमा एउटा नियम पनि प्रतिपादन गरे । उक्त नियम पास्कलको नियमका नामले संसारभर प्रसिद्ध छ ।

जुन नियम यस प्रकार छ - बन्द भाँडामा रहेको तरल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने त्यती नै चाप सबैतिर लम्ब भएर प्रसारण हुन्छ ।

यो नियम तरल पदार्थको साथै ग्यास पदार्थमा पनि लागु हुन्छ । पास्कलको नियममा आधारित उपकरण हाइड्रोलिक प्रेस हो।

यदि,

= सानो पिस्टनको बल

= सानो पिस्टोनको क्षेत्रफल

= ठुलो पिस्टनको बल

= ठुलो पिस्टनको क्षेत्रफल

पास्कलको नियम अनुसार,

सानो पिस्टनमा लागेको चाप()= ठुलो पिस्टनमा लागेको चाप()


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pascal's principle - Definition, Example, & Facts", britannica.com, मूलबाट २ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१८ 
  2. "Pascal's Principle and Hydraulics", www.grc.nasa.gov, मूलबाट ५ अप्रिल २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१८ 
  3. "Pressure", hyperphysics.phy-astr.gsu.edu, मूलबाट २८ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ मे २०१८ 
  4. Bloomfield, Louis. (२००६), How Things Work: The Physics of Everyday Life (Third संस्करण), John Wiley & Sons, पृ: 153, आइएसबिएन 0-471-46886-X 
  5. Blaise Pascal, Traitez de l'Equilibre des Liqueurs (Treatise on the Equilibrium of Fluids), Paris, 1663.
  6. ओ'कनर, जन; रबर्टसन, एडमण्ड, "पास्कलको नियम", मैक्ट्यूटर हिस्ट्री अफ मैथेमैटिक्स, युनिभर्सिटी अफ सैंट एण्ड्रूज .