पाैडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पौडेल वा पौड्याल

पौडेल वा पौड्याल थर नेपाल तथा भारतको बाहुन तथा क्षेत्री परिवारमा पाइन्छ। बाहुन पोउडेल थरको उत्पत्ति 'पौडी' र 'आयल' दुई शब्द मिलेर बनेको विश्वास गरिन्छ । पौडेलहरूको गोत्र आत्रेय हो । यिनका बान्धव दुलाल, अर्याल, कालिकोटे खड्का, थापा बगाले, सिग्देल, पोखरेल (पानी), आदि हुन् । उनीहरू आफू अत्रि ऋषिका पुत्र आत्रेयका सन्तान भएको विश्वास गर्दछन्। सेता पौडेल वर्गका पौडेलहरू नेपालमा बसोबास गर्ने गरेको पाइन्छ । कसैकसैले सेता पौडेल र सिग्देल एउटै हुन् भनी उल्लेख गरेका छन् । अर्को थरी कालो पौडेल थापा या बाग मल्ल पनि भन्न रुचाउँछन् । पौडेलहरु चौबीसै खस गणराज्यका राजगुरु, पण्डित,सैनिक आदि पदहरु समहालेका थिए । सन् २०१४ मा फोरबियर्सद्वारा गरिएको खोज अनुसार सेता तथा काला पौडेल नेपालको सबैभन्दा ठूलो संख्यामा रहेको नेपाली थर हो ।

गाेरा पौडेलहरू नेपालमा मध्य पश्चिमी पहाडबाट देशभर फैलिएको पौडेल बंशावलीले उल्लेख गरेको छ । उनीहरू आजभन्दा करिव ५ सय वर्ष पहिले मध्य पहाडबाट डोटी, जुम्ला, जाजरकोट, प्यूठान, पाल्पा, कास्की, रामेछाप हुँदै पूर्वको ताप्लेजुङ सम्म पुगेको विश्वास गरिएको छ । हाल भारत, भुटान, म्यानमार लगायत विश्वका अन्य धेरै देशमा पौडेलको बसोबास रहेको पाइन्छ ।

पौडेलहरूले बराह मष्ट लाई कुलदेवताको रूपमा पूजा गर्दछन् । त्यसैगरी दत्तात्रेय लाई इष्टदेवता का रूपमा पूजा गर्छन् । यिनीहरूले कुनै ठाउँमा बलि दिने चलन पनि छ भने कुनै ठाउँमा कुलपूजामा बलि नदिई खीर-रोटीले पुजा गर्छन् । बलि दिने चलन मध्यपश्चिमाञ्चलको प्युठान, पश्चिमाञ्चल का बाग्लुङ अर्घाखाँची, स्याङ्जा तथा पुर्वी नेपालका ठाउँहरुमा बराहलाई बोका तथा मष्टलाई भेडाको बलि दिइन्छ ।