प्रयोगकर्ता वार्ता:RamhariNeupane

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केहि महत्वपुर्ण मन्त्रालयको भागबण्डा नमिलेपछि एमाले र माओवादीमा बिबाद विवाद मिलाउन शिर्ष ने[सम्पादन गर्नुहोस्]

सात बुंदे गोप्य सहमति गरेर अप्रत्यासीत सत्ता गठबन्धन गरेका नेकपा एमाले र एकिकृत नेकपा माओवादीबीच महत्वपुर्ण मन्त्रालय बाँडफाँटमा विवाद बढेपछि मन्त्रीमण्डल गठनमा थप ढिलाई भएको छ । प्रधानमन्त्री झलनाथ खनालले गृह र अर्थ मन्त्रालय सहित केहि महत्वपुर्ण मन्त्रालय माओवादीलाई दिन नमिल्ने अडान लिएपछि माओवादीले पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम समेत टुंगो लगाएको छैन । आज प्रधानमन्त्री चयन भएको एक साता पुगेको छ । तर पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम दुवै दलले टुंग्याउन सकेका छैनन् । मन्त्रालय सम्वन्धी विवाद पनि मिलेको छैन । विवाद मिलाउन गठित् दुई दलीय कार्यदलको बैठक पटक पटक बसेपनि सहमतिको विन्दु ननिस्कीएकाले दुईदलीय कार्यदलले विवाद मिलाउने जिम्मा शिर्ष नेतालाई सुम्पिएका छन् । हिजो वालुवाटारमा वसेको कार्यदलको बैठकले मन्त्राललय बाँडफाँट र मन्त्रिपरिषद् विस्तारका लागि दुबै दलका शीर्ष नेतृत्वबीच छलफल हुनुपर्ने निष्कर्ष निकालेको हो । दुबै दलले गृह मन्त्रालय दाबी गरेपछि सहमति जुट्न नसकेको हो ।