बिनोद प्रसाद पोखरेल क.बिगुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिनोद प्रसाद पोखरेल उदयपुरका जुझारु ईमान्दार विधार्थी नेता हुनुहुन्थ्यो। माओवादी सशश्त्र जनयुद्धका दौरान २०५९ जेठ ४ गते राती तत्कालिन सरकारले उदयपुरकै त्रीनपा ६ खैजनपुरबाट सुतिरहेको अवस्थामा गिरफ्तार गरी हत्या गर्यो। आलोचना सुन्ने र आफ्ना विचार र बोलिले बच्चा,युवा देखि बृद्ध-बृद्धा समेतलाई प्रभावित पार्न सक्ने क्षमताका बिनोद प्रसाद पोखरेल सबै पर्टी र जात र धर्मका ब्यक्ती-समुदायको साझा धरोहर हुनुहुन्थ्यो।मध्यम वर्गीय परिवारमा जन्मिनु भएका सहिद बिनोद प्रसाद पोखरेल क ."बिगुल"क्रान्तिकारी बिद्रोहि,भद्र,शालिन र मिलनसार स्वाभावका हुनुहुन्थ्यो।बुवा गोबिन्द प्रसाद पोखरेल र आम शुसिला पोखरेलको कोखबाट मिति २०३१ साल....महिना....गतेका दिन जेठो सन्तानको रूपमा ओखलढुङगा जिल्लाको माम्खा गाबिसको चामनमा जन्मिनुभई २०३४ सालमा परिवारका साथ उदयपुर जिल्लाको जोगीदह गाबिसको वडा नं ९ मोतियाहीसिमलचौकमा बसाई सरि आउनुभएको थियो क.बिगुल।हाल वाहाको बुवा गोबिन्द प्रसाद पोखरेल,आमा शुसिला,सानी आमा तुलसा अनि ३जना भाइहरू सुमोद पोखरेल,प्रमोद पोखरेलर र प्रबिन पोखरेल हुनुहुन्छ क्रमश:।त्यस्तै बहिनीहरु जेठी कल्पना नेपाल र कान्छी प्रतिमा अधिकरी हुनुहुन्छ क्रमश:। क.बिगुल क्रान्तिकारी र परिवर्तनकामी हुनुहुन्थ्यो ।२०५२ सालबाट माओवादीको नेतृत्वमा देशमा शसस्त्र जनयुद्धको थालनी भयो त्य्सै सिलसिलामा देशमा माओवादी शसस्त्र युद्दको रापले क.बिगुललाई पनि ततायो।यसै सिलसिलामा माओवादी नेताहरूसँग भेटघाट सम्पर्क भढदै जानथाल्यो । वाहा मिति २०५४ सालमा काठमाण्डौको मैतिदेबिबाट देश द्रोहको आरोपमा पक्राउ पर्नुभयो र काठमाण्डौ,उदयपुरको कटारी हुँदै जिल्लाकै गाईघाट प्रहरी हीरासतबाट धरौटी र तारेखमा छुट्नु भयो। मिति २०५९ साल जेष्ठ ४ गते राती सुतिरहेको अवस्थामा उदयपुर जिल्लाको त्रीनपा ६ खैजनपुरबाट सहकर्मी खड्ग बहादुर राउत सहित तत्कालिन संयुक्त सुरक्षा फौजले गिरफ्तारगरे पछि हत्या भएको भन्ने ब्यहोराका खबरहरू सञ्चार माध्यममा आए।सोही जानकारीलाई आधार मानी वाहाको हत्या गरी सकेको रहेछ भन्ने अनुमान लागाईयो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

जिल्ला प्रसासन कार्यालय उदयपुर[सम्पादन गर्नुहोस्]

गाईघाटबाट प्रकाशनहुने पत्रिकाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]