बृन्दा हाडा

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

बृन्दा हाडा लाई सरकारी जागिर खाने सबैले माथिल्लो तहमा पुगेकी सफल महिला भनेर चिन्छन् । सरकारी सेवामा परराष्ट्र, हुलाक, प्रशासन जस्ता सेवा हुन्छन् । प्रशासन सेवामा तीन महिला मात्र सहसचिव तहमा छन् । ती तीन जनामा बृन्दा एक हुनुहुन्छ । बृन्दा खुला (योग्यता पुगेका जसले पनि दिन मिल्ने) लिखित परीक्षा उत्तीर्ण गरी सहसचिव हुने पहिलो महिला हुनुहुन्छ ।

सानै उमेरमा माथिल्लो तहमा पुग्ने बृन्दाको जन्म २०२२ साल असारमा काठमाडौंको भोटाहिटीमा भएको हो । उहाका पिताको नाम विष्णुदास र माता चण्डेश्वरी हाडा हो । रसायनशास्त्रमा एम. एस्सी., कानुनमा स्नातक र जनप्रशासनमा स्नातकोत्तर (एम.पि.ए.) सम्म पढेकी बृन्दाले थुप्रै देशको भ्रमण गर्नुभएको छ । अहिले अर्थ मन्त्रालयमा सहसचिव हुनुहुन्छ ।