ब्ल्याक होल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
ब्ल्याक होल अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । सामान्य सापेक्षताको सिद्धन्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ जसलाई घटना क्षितिज (Event Horizon) भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले Point of no return को संज्ञा दिएकाछन ।
