महान्यायाधिवक्ताको कार्यालय

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

महान्यायाधिवक्ता नेपाल सरकारको प्रमुख कानूनी सल्लाहकारका अतिरिक्त नेपालको प्रमुख अभियोजनकर्ता (Chief Prosecutor) समेत भएकोले नेपाल सरकार वादी हुने कुनैपनि मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई प्रदान गरेको छ । यसका साथै कुनैपनि मद्दा पुनरावेदन गर्ने या नगर्ने, मुद्दा दोहोर्‍याउने वा नदोहोर्‍याउने र पुनरावलोकनको लागि निवेदन गर्ने वा नगर्ने भन्ने विषयमा अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई छ । सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको व्यक्तिलाई प्रधानमन्त्रीको सिफारिसमा राजा बाट महान्यायाधिवक्ताको पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

कानूनी राज्यको अवधारणा अनुसार सरकारका कार्यहरू कानून अनुरूप सम्पादन गर्न सरकारी काम कारवाहीमा कुनै संवैधानिक वा कानूनी द्विविधा उत्पन्न भएमा उचित राय सल्लाह उपलव्ध गराउन, नागरिकहरूको जीउ धन स्वतन्त्रताको गैरकानूनी ढंगबाट अपहरण नहोस् र अपराधीहरू माथि कानून बमोजिम कारवाही गरी शान्ति र न्याय व्यवस्था कायम राख्न सकियोस् भन्ने उद्देश्यले नेपाल अधिराज्यको संविधान, 2047को भाग १६ धारा १०९ देखि १११ सम्म संवैधानिक निकायको रूपमा महान्यायाधिवक्ताको व्यवस्था गरिएको छ ।

विषयसूची

[परिवर्तन्] उद्देश्य

  • कानूनी राज्यको अवधारणा अनुसार सरकारका कार्यहरू कानून अनुरूप सम्पादन गर्न सरकारी काम कारवाहीमा कुनै संवैधानिक वा कानूनी द्विविधा उत्पन्न भएमा उचित राय सल्लाह उपलव्ध गराउने,
  • नागरिकहरूको जीउ धन स्वतन्त्रताको गैरकानूनी ढंगबाट अपहरण हुनबाटरोक्ने र अपराधीहरू माथि कानून बमोजिम कारवाही गरी शान्ति र न्याय व्यवस्था कायम राख्ने

[परिवर्तन्] काम, कर्तव्य र अधिकार

  • महान्यायाधिवक्ता नेपाल सरकारको मुख्य कानूनी सल्लाहकार हुनेछ । संवैधानिक एवं कानूनी विषयमा नेपाल सरकार र नेपाल सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय-सल्लाह दिनु निजको कर्तव्य हुनेछ ।
  • नेपाल सरकारको हक हित वा सरोकार निहित रहेको मुद्दामा महान्यायाधिवक्ता वा निजको मातहतका अधिकृतहरूबाट नेपाल सरकारको प्रतिनिधित्व गरिनेछ ।
  • कुनै अदालत वा न्यायिक अधिकारीका समक्ष नेपाल सरकारको तर्फाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णर्य गर्ने अधिकार महान्यायाधिवक्तालाइ हुन्छ ।
  • माथि उल्लेख गरिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त महान्यायाधिवक्ताको अन्य काम, कर्तव्य र अधिकार संविधान र अन्य कानूनद्वारा तोकिए बमोजिम हुनेछ ।
  • आफ्नो पदीय कर्तव्यको पालन गर्दा महान्यायाधिवक्तालाई नेपाल अधिराज्यको जुनसुकै अदालत, कार्यालय र पदाधिकारीका समक्ष उपस्थित हुने अधिकार हुनेछ ।
  • महान्यायाधिवक्ताले नेपाल अधिराज्यको संविधान बमोजिमको आफ्नो काम, कर्तव्य र अधिकार तो किएको शर्तहरूको अधिनमा रही प्रयोग र पालना गर्न मातहतका अधिकृतहरूलाई सुम्पन सक्नेछ ।
  • प्रत्येक वर्षमहान्यायाधिवक्ताले संविधान र अन्य कानून बमोजिम आफूले गरेको काम तथा नेपाल अधिराज्यमा भएका अपराध सम्बन्धी विवरण सहितको प्रतिवेदन नेपाल सरकारमा पेश गर्नेछ र नेपाल सरकारले सो प्रतिवेदन संसद समक्ष राख्नेछ ।

[परिवर्तन्] सम्बन्धित निकायहरू

[परिवर्तन्] सम्बन्धित लेखहरू

[परिवर्तन्] सम्पर्क ठेगाना

नेपाल राज्यको महान्यायधिबक्ताको कार्यालय
रामशाह पथ, काठमाण्डौ, नेपाल
फोन: ४२४६८६९
ईमेल: info@attorneygeneral.gov.np

[परिवर्तन्] आधिकारीक वेबसाईट

www.attorneygeneral.gov.np