मिसेल ओबामा
मिसेल ओबामा | |
---|---|
Michelle Obama | |
संयुक्त राज्य अमेरिकाका प्रथम महिला | |
पद बहाली जनवरी २०,२००९ | |
पूर्वाधिकारी | लाउरा बुस |
व्यक्तिगत विवरण | |
जन्म | मिसेल लाभाउन रोबिन्सन सन् १९६४ जनवरी १७ सिकागो,संयुक्त राज्य |
राष्ट्रियता | अमेरिकी |
राजनीतिक दल | डेमोक्रेटिक |
जीवन साथी | |
नाता | क्रेग रोबिन्सन (भाइ) |
सन्तान(हरू) | मलिया एन ओबामा (ज. १९९८) सासा ओबामा (ज. २००१) |
निवास(हरू) | सिकागो (निजी) व्हाइट हाउस (आधिकारिक) |
मातृ शिक्षाप्रतिष्ठान | प्रिन्सटन विश्वबिद्यालय (बि.ए. १९८५) हावर्ड कानुनी बिद्यालय (जे.डी १९८८) |
जीवनवृति | अधिवक्ता |
हस्ताक्षर | |
मिसेल ओबामा (जन्म १९६४ जनवरी १७) अमेरिकाको ४४औ तथा वर्तमान राष्ट्रपति बाराक ओबामाको श्रीमती तथा पहिलो एफ्रो-अमेरिकी प्रथम महिला हुन् । उनी दक्षिणी सिकागोमा हुर्केकी हुन् । उनले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी छिन् । उनी सिड्नी अस्टिन नामक कानुनी संघमा कार्य गर्दा समयमा बाराक ओबामा सँग भेटेकी थिइन् । पछि उनले सिकागोका मेयर रिचार्ड डेलीसँग कार्य गरिन तथा सिकागो मेडिकल सेन्टरमा समेत कार्य गरिन ।[१][२]
सुरुवाती जीवन
[सम्पादन गर्नुहोस्]ओबामाको जन्म जनवरी १७, सन् १९६४ मा इलनोइसिसमा बाबू रोबिनसन र आमा मारियनका रूपमा भयो । उनकै अनुसार उनी पुरानै शैलीमा हुर्काइईन्, जहाँ आमा घरमा काम गर्छिन् र बाबू काममा । उनका दाजु पूर्व बास्केटबल खेलाडी थिए । उनका अनुसार उनले लैङ्गकि असामनता सुरुका वर्षहरूमा खेपिन् जसमा अरुले उनको दाजुको मात्रै राय लिने गर्थे ।
शिक्षा
[सम्पादन गर्नुहोस्]ओबामाले वाइट्नी हाइ स्कुलमा अध्ययन गरिन् । उनले प्रिन्स्टन विश्वविद्यालयमा भर्ना हुन चाहिन् जहाँ उनका दाजुले १९८३ मा स्नातक सकाए । उनले पछि सन् १९८८ मा हार्भड ल स्कुलबाट कानुनमा स्नातक सकाइन् ।
पारिवारिक जीवन
[सम्पादन गर्नुहोस्]उनका बाबू रोबिनसनको मृत्यु सन् १९९१ मा भयो जसलाई पछि ओबामाले आफ्नो मुटुको छिद्र भनेर अर्थ्याइन् । उनको साथी सुज्येन को मृत्युले उनलाई झन् दुखी बनायो र एक अन्तर्वातामा उनले यस कुराले आफूले समाजमा के योगदान दिन सकेको छु भन्ने कुरा, सोच्मग्न वनायो ।
उनको विवाह ओबामा शीत सन् १९९२ अक्टोबरमा भयो[३] जसबाट उनीहरूको दुई छोरी पनि भए - मलिया र सासा ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Donahue, Wendy, "Michelle Obama emerges as an American fashion icon", Chicago Tribune, अन्तिम पहुँच जुन ४, २०११।
- ↑ "Michelle Obama settling in as a role model", Washington Times, अन्तिम पहुँच जुन ४, २०११।
- ↑ Fornek, Scott (अक्टोबर ३, २००७), "Michelle Obama: 'He Swept Me Off My Feet'", Chicago Sun-Times, मूलबाट डिसेम्बर १४, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २००७। वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १४, २००७ मिति