यान्देक्स मेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यान्देक्स मेल

निर्माणकर्ता (हरू)यान्देक्स
मौलिक संस्करणजुन २०००; २३ वर्ष पहिले (जुन २०००)
सञ्चालन प्रणालीएन्ड्रोइड, आइओएस
प्रकारइमेल सेवा
वेबसाइटmail.yandex.com

यान्देक्स मेल (रुसी) Яндекс Почта), एक रूसी नि:शुल्क इमेल सेवा हो जसलाई यान्देक्सले विकसित गरेको थियो छ। यो २६ जुन २००० मा सुरु गरिएको थियो।[१][२] यो रुसी भाषी समुदायको जिमेलमेल रूका साथ तीन सबैभन्दा ठूलो ईमेल सेवाहरू मध्ये एक हो।[३] यो सेवाले स्वचालित स्प्याम फिल्टरिङ, डाक्टर वेबको एन्टिभाइरस सफ्टवेयर प्रयोग गरेर भाइरसहरूको जाँच र इमेल अनुवादकको प्रयोग गर्दछ।[४]

यो हाल मोबाइल अनुप्रयोगका साथै एन्ड्रोइडआइओएसमा उपलब्ध छ।[५]

इतिहास[सम्पादन गर्नुहोस्]

यान्देक्स मेलले २६ जुन २००० मा सञ्चालनमा आएको थियो।[१] सन् २००९ मा, यो डोमेनको लागि यान्देक्स डटमेल नामक एक नि:शुल्क सेवा सुरु गरिएको थियो, जहाँ प्रयोगकर्ताहरूले एक डोमेनमा एक हजार इमेल खाताहरू सिर्जना गर्न सक्दछन्।[६][२] सन् २०१० मा, व्यक्तिगत स्प्याम फिल्टरहरू थपिएका थिए। इमेल अनुवादक सन् २०११ मा थपिएको थियो। यो सुरुमा, अङ्ग्रेजी र युक्रेनी मात्र उपलब्ध थिए। सन् २०१६ देखि हालसम्म यो ४० वटा भाषामा उपलब्ध छ।[७][८][२]

सन् २०१२ मा, यो सबैभन्दा छिटो बढ्दो र युरोपमा पाँच सबैभन्दा लोकप्रिय इमेल सेवाहरू मध्ये एक थियो, र एक महिनामा २५ हजार प्रयोगकर्ताहरू प्राप्त गरेको थियो।[९]

सन् २०१३ मा, इमेल ढाँचाहरू यान्डेक्स डटमेलमा थपिएका थिए। जुन २०१३ देखि, सेवामा "ईमेल मार्कर" थपिएको थियो जसले आगमन मेलहरूलाई उनीहरूको प्रकारद्वारा वर्गीकृत गर्दछ।[१०]

सेप्टेम्बर २०२० मा, यान्देक्स डटमेल ३६० ले डोमेनको लागि यान्देक्स डटमेललाई प्रतिस्थापन गरेको थियो। यसले मेल, डिस्क, पात्रो, मेसेन्जर, सम्पर्क र टिप्पणी जस्ता धेरै यान्देक्स सेवाहरू संयोजन गर्दछ र प्रयोगकर्ताहरूलाई २० जीबी स्टोरेज प्रदान गर्दछ। [११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Яндекс.Почта - бесплатная почта с web-интерфейсом" (रुसीमा), यान्देक्स, २०००, अन्तिम पहुँच २०२१-०१-०३ 
  2. २.० २.१ २.२ ""Яндекс": Найдётся всё" (रुसीमा), Computer Bild, २०१२-०५-२३, मूलबाट २०१३-०७-१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-०३  = Archive.today अभिलेखिकरण २०१३-०७-१९ मिति
  3. Ксения Болецкая, Наталья Ищенко (२०२०-०५-२६), ""Яндекс" переходит на платную почту без рекламы" (रुसीमा), Vedomosti, अन्तिम पहुँच २०२१-०१-०३ 
  4. "ООО "Доктор Веб" – российский разработчик средств информационной безопасности под маркой Dr.Web" (रुसीमा), Cosmos-2, अन्तिम पहुँच २०२१-०१-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-०३ मिति
  5. "Мобильная Яндекс.Почта" (रुसीमा), यान्देक्स, अन्तिम पहुँच २०२१-०१-०३ 
  6. "Запуск Яндекс.Почты для домена" (रुसीमा), मूलबाट २०१०-०७-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०६-२३ 
  7. "Яндекс запустил сервис онлайн-перевода" (रुसीमा), यान्देक्स, २०११, अन्तिम पहुँच २०२१-०१-०३ 
  8. "Яндекс.Почта поможет вести переписку на 40 языках — Блог Почты" (रुसीमा), यान्देक्स, २०१६-०६-२७, अन्तिम पहुँच २०२१-०१-०३ 
  9. "Web-Based Email Usage in Europe Jumps 14 Percent Over Past Year", comScore, २०१२-०८-२१, अन्तिम पहुँच २०२१-०१-०३ 
  10. ""Яндекс" дополнил почтовый сервис технологией распознавания и обработки писем "Маркер"" (रुसीमा), Interfax, २०१३-०६-२७, अन्तिम पहुँच २०२१-०१-०३ 
  11. "Яндекс объединил почту, календарь, мессенджер и хранилище в одном универсальном сервисе" (रुसीमा), iXBT.com, अन्तिम पहुँच २०२१-०१-०३