युइयफए युरो २०१६ फाइनल
प्रतियोगिता | युरोकप २०१६ | ||||||
---|---|---|---|---|---|---|---|
| |||||||
अतिरिक्त समयमा | |||||||
मिति | १० जुलाई २०१६ | ||||||
स्थान | स्टेड डे फ्रान्स, सेन्ट डेनिस | ||||||
म्यान अफ द म्याच | पेपे (पोर्चुगल) | ||||||
रेफ्री | मार्क क्लेटनबर्ग (इङ्ल्यान्ड)[१] | ||||||
उपस्थिति | ७५,८६८ | ||||||
मौसम | उज्यालो २८ °से (८२ °फे) ३८% आद्रता | ||||||
युइयफए युरो २०१६ फाइनल फुटबल खेल सन् २०१६ जुलाई १० मा फ्रान्सको स्टेड डे फ्रान्समा युरोकप २०१६को विजेतालाई टुङ्गो लगाउन भएको थियो ।[२] पोर्चुगल टिम युरोपेली च्याम्पियनसिपको दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो भने प्रतिद्वन्द्वी तथा आयोजक राष्ट्र फ्रान्स दुई पटक उपाधि जितेको थियो । पोर्चुगलले अतिरिक्त समयमा प्रतिस्थापित खेलाडी इडरको एक गोलको मद्दतले युरो कप २०१६ पहिलो पटक जितेको थियो ।[३]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]खेल
[सम्पादन गर्नुहोस्]- म्यान अफ द म्याच
- गोल कर्ता
- इदर(१०९ मिनेट)
- खेल मैदानको तापक्रम
- २७°C (८२°F)
- रंगशालामा दर्शकको संख्या
- ७५,८६८
- युरोकप २०१६ को फाइनल भिडन्तका बारेमा अन्य थप केही मुख्य जानकारीहरू
- -
पोर्तगाल | नतिजा | फ्रान्स |
---|---|---|
१ | गोल | ० |
९ | सुत | १८ |
३ | टार्गेत सुट | ७ |
७ | बचाउ | ३ |
४७% | बल पोजिसन | ५३% |
५ | कर्नर | ९ |
१२ | फल | १३ |
० | पेनाल्टी | ० |
१ | अफ साइड | २ |
६ | पहेंलो कार्ड | ४ |
० | रातो कार्ड | ० |
पूर्व खेल
[सम्पादन गर्नुहोस्]प्रयोग भएको भकुण्डो
[सम्पादन गर्नुहोस्]निष्कासन चरण र फाइनल प्रतियोगिताको लागि खेलाइएको भकुण्डो आडिडास फ्राकास थियो जसलाई जर्मनेली कम्पनी आडिडासले निर्माण गरेको थियो।[४] यसलाई प्रतियोगितामा प्रयोग हुने बताइएको थियो जसलाई २० जुन मा पहिलोपटक प्रयोग गरिएको थियो। समूह चरण र दोस्रो चरणमा प्रयोग भएका भकुण्डोलाई फाइनलमा प्रयोग गरिएको थिएन भने प्रतियोगिताहरूमा विभिन्न भकुण्डोहरू प्रयोग भएको थियो (फाइनल बाहेक) जुन पहिलोपटक हो। बनोटले मुख्यतय निलो र रातो रङ समावेश गर्दछ भने रेसाहरूमा निलो सेतो रङ प्रयोग भएको छ। भकुण्डोमा "युरो" र "२०१६" लेखिएको थियो।[५][६]
रङ्गशाला
[सम्पादन गर्नुहोस्]फाइनल खेल, स्तद द फ्रँस रङ्गशालामा, खेलाइएको थियो। खेल सुरु हुनु भन्दा अगाडि, रङ्गशालाई एक विशेष प्रकारको मैनपुतलीले आक्रमण गरेको थियो जसले खेलाडी, कर्मचारी र प्रशिक्षकहरूलाई केही जलन उत्पन्न गराएको थियो। रङ्गशालामा काम गर्ने कर्मचारीहरूले खेलको अघिल्लो दिन, रातभरि बत्ती निभाउन बिर्सेका हुनाले मैनपुतली र किराहरूलालाई आकर्षित गरेको हुनसक्ने बताइएको थियो।[७][८]
निर्णायक
[सम्पादन गर्नुहोस्]मार्क क्लेटनबर्ग फाइनलका निर्णायक थिए। ८ जुलाई २०१६ मा, युरोपेली फुटबल सङ्घको निर्णायक समितिले आधिकारिक टोलीको घोषणा गरेको थियो जसलाई इङ्ल्यान्ड फुटबल सङ्घका ४१ वर्षिया निर्णायक मार्क क्लेटनबर्गले नेतृत्व गरेका थिए। उनका सहयोगीहरूमा साइमन बेक र जेक कोलिन सहायक निर्णायकको रूपमा छनोट गरिएको थियो, र उनका साथी एन्थोनी टेलर र आन्द्रे मरिनरलाई पनि सहायकको रूपमा थपिएको थियो। हङ्गेरियाली भिक्टर कासईलाई चौथो अधिकारिका रूपमा चुनिएको थियो र देशवासी ग्योर्ज रिङलाई अतिरिक्त सहायकको रूपमा छनोट गरिएको थियो। सन् २०१२ मा पेद्रो प्रोएन्सा पछि क्लेटेनबर्ग सोही वर्षको युइएफए च्याम्पियन लिग र युरोपेली प्रतियोगिताको फाइनलमा जिम्मेवारी सम्हाल्ने दोस्रो निर्णायक बनेका थिए। सन् २०१६ को, एफए कपको फाइनल पछि क्लोटेनबर्ग लगातारको प्रतियोगिताहरूमा ३ पटक निर्णायकको भूमिका निर्वाह गरेका थिए जुन सबै सात हप्ताको अवधिमा भएको थियो। घरेलु हिसाबले, उनी सन् २०१२ फुटबल लिग कप फाइनल र सन् २०१३ एफए कम्युनिटी सिल्डको पनि निर्णायकको रूपमा रहेका थिए।[९]
हिंसा
[सम्पादन गर्नुहोस्]फाइनल भन्दा केही घण्टा अगाडि, इफेल टावरको समर्थक क्षेत्र पुग्न चाहने समर्थकहरू र भीडभाडलाई रोक्न खोज्ने प्रहरी बीच झडप भएको थियो। यसका अतिरिक्त, प्रहरीले रङ्गशाला परिसर नजिकै रहेको क्षेत्रमा बिस्फोट नियन्त्रण गरेको थियो दोस्रो हाफमा अवरोधहरूलाई नियन्त्रण गरिएको थियो[१०] तथापि, खेल पश्चात् रङ्गशाला बाहिर समर्थकहरू बीच द्वन्द उत्पन्न भएको थियो। इलाका सुरक्षित नभएको भन्दै प्रहरीले इफेल टावर वा सँ-एलिजे यात्रा नगर्न सल्लाह दिएको थियो।[११]
समापन समारोह
[सम्पादन गर्नुहोस्]समापन समारोहमा नृत्य तथा गायक प्रस्तुत गरिएको थियो। ६०० नर्तक, सात राष्ट्रिय सेना, पेरिस अग्निसमन दल र साङ्गितीक समूहहरूले प्रस्तुति दिएका थिए। समापन समारोहमा, डेभिड गेता र सरा लारसनले प्रतियोगिताको आधिकारिक गीत "दिस वान्स फर यु" प्रत्यक्ष रूपमा गायका थिए।[१२][१३][१४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Clattenburg named referee for UEFA EURO 2016 final", UEFA.com, Union of European Football Associations, ८ जुलाई २०१६, अन्तिम पहुँच ८ जुलाई २०१६।
- ↑ UEFA Euro 2016 Final. UEFA.com.
- ↑ "Euro 2016 final: Portugal vs. France as it happened", ESPN, अन्तिम पहुँच १० जुलाई २०१६।
- ↑ युइएफए (२० जुन २०१६), "Ball for UEFA EURO 2016 knockout rounds unveiled - UEFA EURO - News - UEFA.com", UEFA.com।
- ↑ "Adidas Fracas Euro 2016 Final Ball Released", Footy Headlines, २१ जुन २०१६, मूलबाट १६ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६।
- ↑ "New adidas Euro 2016 'Fracas' ball unveiled for knockout stages – days after 'Beau Jeu' BURST", डेली मिरर, २१ जुन २०१६, मूलबाट २४ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६।
- ↑ McNulty, Phil (११ जुलाई २०१६), "Portugal 1–0 France (AET)", BBC Sports, मूलबाट १० जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६।
- ↑ Barkham, Patrick (११ जुलाई २०१६), "Why the Euro 2016 final was overrun by moths", द गार्जियन, मूलबाट ११ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;final referees
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Paris police fire tear gas and water cannons in Euro Cup fan zone", सिबिसी क्यानडा, १० जुलाई २०१६, मूलबाट ११ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६।
- ↑ "Euro 2016: French riot police fire tear gas at supporters as fans told not to travel to Eiffel Tower and Champs Elysees", द इन्डिपेन्डेन्ट, ११ जुलाई २०१६, मूलबाट १० जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६।
- ↑ "All stops pulled out for closing 'EURO symphony'", युरोपेली फुटबल सङ्घ, १० जुलाई २०१६, अन्तिम पहुँच १२ जुलाई २०१६।
- ↑ https://www.standard.co.uk/sport/football/euro2016/euro-2016-closing-ceremony-live-david-guetta-returns-to-the-stade-de-france-ahead-of-portugal-vs-a3292396.html?amp
- ↑ https://m.youtube.com/watch?v=-r111pTdaBU