रमन म्याग्सेसे पुरस्कार
नेपाली विकिपीडियाबाट
| रमन म्याग्सेसे पुरस्कार | |
|---|---|
| 220px | |
| Awarded for | Outstanding contributions in Government Service, Public Service, Community Leadership, Journalism, Literature and Creative Communication Arts, Peace and International Understanding and Emergent Leadership |
| Presented by | Ramon Magsaysay Award Foundation |
| Country | Philippines |
| First awarded | 1957 |
| Official website | http://www.rmaf.org.ph |
चित्र:Magsaysay award medal.png
रमन म्याग्सेसे सम्मान
रमन म्याग्सेसे पुरस्कार (Ramon Magsaysay Award) एशिया का व्यक्तिहरू एवं संस्थाहरूलाई तिनिहरुको आफ्नो क्षेत्रमा विशेष रूपबाट उल्लेखनीय कार्य गरेकोमा प्रदान गरिन्छ। यसलाई प्राय: एशियाको नोबेल पुरस्कार पनि भनिन्छ। यो रमन म्याग्सेसे पुरस्कार फाउन्डेशनद्वारा फिलिपिन्स का भूतपूर्व राष्ट्रपति रमन म्याग्सेसेको सम्झनामा दिइन्छ।
इतिहास [सम्पादन गर्ने]
यो पुरस्कार न्यूयोर्क स्थित "रकफेलर ब्रदर्स फण्ड" का गुठियारहरू द्वारा सन् १९५७ मा स्थापित गरिएको हो। फिलिपिन्स सरकारको सहमतिबाट यहाँको भूतपूर्व राष्ट्रपति रमन म्याग्सेसेको स्मृतिमा यो पुरस्कार शुरु गरिएको जसले गर्दा उनको साधारण जनतालाई गरेको साहसपूर्वक सेवा, लोकतांत्रिक समाजमा व्यावहारिक आदर्शवादिता एवं निर्मल सरकारी चरित्र जस्ता कुराको सम्झनालाई ताजा राख्न सकियोस।
पुरस्कारका श्रेणिहरु [सम्पादन गर्ने]
- सरकारी सेवा
- सार्वजनिक सेवा (Public Service)
- सामुदायिक नेतृत्व (Community Leadership)
- पत्रकारिता, साहित्य एव सृजनात्मक संचार कलाहरू ( Journalism, Literature and Creative Communication Arts)
- शान्ति एवं अन्तरराष्ट्रीय सद्भावना (Peace and International Understanding)
- उभरिदो नेतृत्व (Emergent Leadership)