राम थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राम थापा (वि सं २०१५ - २०६५)[१] एक प्रसिद्ध लोकगायक तथा सङ्गीतकार हुन्।

जन्म[सम्पादन गर्नुहोस्]

उनको जन्म वि सं २०१५ भदौ २ गते काठमाण्डूको कमलपोखरीमा भएको हो।[२]

गीतहरू[सम्पादन गर्नुहोस्]

उनका धेरै गीतहरूमध्ये 'कटर कटरमा, तिम्रो झिल्के ज्वाईँ आयो मोटरमा' तथा 'रेलै घुमेर, बैनीको गयो आधि उमेर'का लागि थापा प्रसिद्ध छन्। स्वर्गीय अरुण थापाले गाएको र उनले सङ्गीत भरेको प्रसिद्ध गीत 'ऋतुहरूमा तिमी" बीबीसीले सन २००३ मा गरेको विश्वव्यापी सर्वेक्षणमा ७औँ उत्कृष्ट गीतमा छनोट भएको थियो।[२][१]

मृत्यु[सम्पादन गर्नुहोस्]

उनको मृत्यु कलेजोको रोगका कारण काठमाण्डूको नर्भिक अस्पतालमा वि सं २०६५ मङ्सीर ५ गते भएको हो।[२]

श्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ ईकान्तिपूर समाचार http://www.kantipuronline.com/kolnews.php?&nid=167453[dead link]
  2. २.० २.१ २.२ नेपालन्यूज समाचार http://www.nepalnews.com/archive/2008/nov/nov20/news04.php नेपालन्यूज