रामकृषण चित्रकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामकृष्ण चित्रकार

ललितपुर निवासी रामकृष्ण चित्रकार संविधानसभामा समानुपातिक तर्फ नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। ३७ वर्षीय चित्रकारले बी.एल्. र राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएको छ। २०४२ सालको सत्याग्रहबाट राजनीतिक यात्रा शुरु गर्नुभएका चित्रकार यस अघि नेपाल विद्यार्थी संघको उपाध्यक्ष रहिसक्नुभएको छ। हाल उहाँ नेपाली काङ्ग्रेस ललितपुर जिल्ला कार्यसमिति सदस्य तथा महासमिति सदस्य हुनुहुन्छ। लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय रहेका चित्रकार आफ्नो राननैतिक यात्रामा पटक-पटक पक्राउ परी प्रहरी हिरासतमा रहिसक्नुभएको छ। राजनीति बाहेक कानुन व्यवसायी र उद्यमीका रूपमा सक्रिय चित्रकार एक छोरीका पिता हुनुहुन्छ। उहाँको रुचि समाजसेवामा पनि छ। विभिन्न पत्रपत्रिकामा उहाँका लेख-रचना प्रकाशित हुँदै आएका छन्। संविधानसभामा युवाको लागि रोजगारी र बेरोजगार भत्ता, समाजवादी अर्थनीति तथा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुद्दा प्रमुखतासाथ उठाउने उहाँ बताउनुहुन्छ।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]