रामचन्द्र गौतम

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

पत्रकार रामचन्द्र गौतमको जन्म २००५ साल पुस १८ गते (सन् १९४९ जनवरी १) तेर्‍हथुम जिल्लाको खाम्लालुङ गाउँ विकास समितिमा भएको हो । उहाँले संस्कृत विषयमा आचार्य र नेपाली, पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो । दक्षिण कोरियामा चार वर्ष पत्रकारिताको अध्ययन गर्नुभएको थियो । २०३० सालमा गोरखापत्रको उपसम्पादक पदमा नियुक्त भई सेवा सुरू गर्नुभएका गौतमलाई २०५५ साल असोजदेखि उक्त पत्रिकाका कायममुकायम प्रधानसम्पादक बनाइएको थियो । उहाँको निधन २०५५ साल माघ २१ गते पत्रिकाको काममा व्यस्त रहेकै अवस्थामा निधन भयो । उहाँकी एक श्रीमती इन्दु गौतम (थपलिया) हुनुहुन्छ ।