रुवाई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
रुवाई

रुवाइको सामान्य चिनारी

जसरी गजल अरबी साहित्यको उब्जनि हो अरबबाटनै यसको मुख्य बिकास भयो। त्यसै गरि रुवाइ पनि अरब मुलुककै फरसी भाषामा हो भन्ने इतिहास बिस्व साहित्यमा निहित छ। गजललाई नेपालमा भित्र्याउने श्रेय मोतिराम भट्टलाई जान्छ तर रुवाईको दरिलो प्रमाण भेटिएको छैन तर यसको रचना गरि पुस्तकको रूपमा प्रकासन गर्ने श्रेय भने साहित्यकार प्रकास आङ्गदाग्बेलाई जान्छ। उनको ग्याँसको च्याम्बरमा बुद्ध रुवाई संग्रह प्रकासनमा ल्याएको पाईन्छ।रुवाई नेपालमा धेरै लामो समयबाट लेखिदै आए पनि यसलाई असर भने मुक्तक र टुक्राले ग¥यो यसको अर्थ यो हौनकि मुक्तर टुक्रानै रुवाई हुन्। विश्व साहित्यको इतिहासले बताउँछ कि यो बिधा हजारै वर्ष अगाडि देखि लेखिदै आए पनि यसलाई एघारौँ शताब्दीमा जन्मिएका फारसी आदि स्रष्टा अमर खैय्यामले रुवाईको नामकरण गरी पुर्नजन्म दिए। यस अर्थमा अमर खैय्यामलाई गजलका पिता भन्दा फरक नपर्ला तर नेपालमा भने कसलाई श्रेय जान्छ प्रकासनको हिसाबमा प्रकास आङ्गदाग्बे पर्छन्। जसरी गजल बिदामा मोतिराम भट्टलाई सम्झिन्छै त्यसरीनै रुवाइ बिदामा प्रकास आङ्गदाग्बेलाई सम्झदा फरक नपर्नु पर्ने हो। इतिहास साँचो छ एघारै शताब्दिमानै खैय्याम द्धरा हजारै रुवाइहरू लेखिए खैय्यामले लेखोको करिब हजार वर्ष पछि मात्र यसले बिस्व साहित्यमा हाँगिने अवसर प्राप्त ग¥यो। रुवाइ बिदा जिवनर जगतमा अतिनै नजीक भएर लेखितापनि खैय्यामको समयमा स्रोत,सामाग्रि , छापा र साञ्चारको बिकास नभएको कारण उनको निधनपछि खैय्यामका रचना ब्यवस्थित हुन सकेन्न्। उनका परिवारर अनुरागिहरूले प्रयास नगरेको भने हैन तर लामो समय टिकाउन सकेन्न। अन्त्यमा उनका रचना वेवारिसे लथा लिङ्गभयो। रदि कागजको खातमा उनका रचना पुग्यो। यसै प्रसङ्गमा एकदिन अंङ्गग्रेजि साहित्यकार फिट्ज्जेरल्डले पसलमा सामान किन्दा सामानसगै पसलेले पोको पारेर दियो र उनले त्यस काजमा लेखिएको कुरा कुनै महत्वपुर्ण हुनुपर्छ भनि ठानि उनले फारसि भाषाको अध्यान गरे उनलाई फारसि भाषा अध्यानगर्नकै लागि ८,९ वर्ष लागेको इतिहासमा हेर्न सकिन्छ। त्यस पस्चात उनले फारसि भाषामा लेखिएको रुवाई बिधा अंङ्गग्रेजि भाषामा रूपान्तरण गरेपछि यस बिदाले दिन दुईगुना र रात चैगुनाका दरले बिस्वमा फिजियो। यसरि अंङ्गग्रेजि भाषामा रूपान्तरण भएपछि यस बिधालाई अन्यभासमा रूपान्तरण गरे यसै क्रममा हिन्दि भाषामा रूपान्तरण भयो। हिन्दिभाषामा ल्याउने श्रेयभने हरिवंश राय वच्चनलाई जान्नछ। हरिवंश राय वच्चन भारतिय अभिनेता अमितावच्चनका पिताहुन्। नेपालमा ल्याउनेको हो भनि ठोस प्रमाण भेटिएको छैन तर पुस्तकको हिसाबमा प्रकास आङ्गदाग्बे लाईनै जान्छ। चाहे जेहोस रुवाई बिधाले जोको हिको मनमा सुटुक्क अटाउछ। अवधिको खाडि बोलिमा रुवाइलाई रोलाइ भनिन्छ। रुवाइको उत्पति हेर्ने हो भने करुण रशबाट आवाज वा शब्द निस्कन्छ। यहिनै रुवाइको पृष्ठ भुमि हो।अहिले नेपाली साहित्यमा पनि रुवाइ बिधा अगाडिनै बढेको पाईन्छ। अब यस बिदाका केही नियमको चर्चा गरै। १.दुइशेरमा पुर्ण हुन्छ,शेरहरू अलग अलग हुनुहुदैन। २.एउटै भावमा केन्द्रित हुन्छ। ३.यसमा रदिफ आवस्यक छैन हुदा सुनमा सुग्ध हुन्छ। ४.यसलाई अनिवार्य चार हरफमा समेट्नु पर्छ। अन्यथा अरुनै बिदा हुन् जान्छ। क) पहिलो हरफ : बिषय वस्तुको उठान ख) दोस्रो हरफ : बिषय बस्तुमाथि ब्याख्या ग) तेस्रो हरफ : बिषय बस्तुमा जिज्ञासा वा कौतुहलता घ) चौथो हरफ : एक मुस्ट भावगत प्रहार ५.रुवाइमा करुण रशको आवश्यक पर्दछ। अन्त्यमा रुवाइ एक साहित्य बगैचाको फुल हो यसलाई रोप्ने काम गरे खैय्यामले गोडमेल फिटजजेरल्ड र हिन्दिमा हरिवश राय बच्चनले भने नेपाली साहित्यको बगैचामा एकमुस्ट बिरुवा लगाए प्रकास आङ्गदाग्बेले अत : यसको गोडमेलर रोपनिको जिम्मा हामि सबैले लियै।