रेणु चन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेणु चन्द
व्यक्तिगत विवरण
जन्म२०३७ भाद्र २८
मुम्बई, भारत
राजनीतिक दलमाओवादी केन्द्र
अभिभावक
  • गोपाल चन्द (पिता)
रेणु चन्द
Member of the नेपालको पहिलो संविधान सभा Assembly
for ढाँचा:Constlk
कार्यकाल
२०६५–२०६९

रेणु चन्द भट्ट (जन्म: वि.सं. २०३७ भाद्र २८) नेपालको संविधान सभाको सदस्य हुन् ।

पारिवारिक पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

उहाँका बुबाको नाम गोपाल चन्द र आमाको नाम राधा चन्द हो । गोपाल चन्द नेकपा (एकताकेन्द्र) का पुराना नेता हुनुहुन्छ । पछि उहाँले बैतडीमा एकीकृत नेकपा (माओवादी)को जिल्ला ईन्चार्ज भएर पनि काम गर्नुभयो । राजनीतिक पारिवारिक पृष्ठभूमिमा हुर्केकाले रेणुलाई राजनीतिक रूपमा अघि बढ्न सहयोग गरेको छ । 

शिक्षा[सम्पादन गर्नुहोस्]

उनले स्नातकसम्म अध्ययन गरेकी छिन् ।

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

वि.सं.२०५२ सालमा तत्कालिन नेकपा (माओवादी) मा प्रवेश गरेकी चन्द वि.सं. २०५७ सालदेखि सशस्त्र बिद्रोहमा सकृय हुनुहुन्थ्यो । वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्वर २ मा एकीकृत नेकपा (माओवादी)का तर्फबाट चुनाव लडेकी रेणु चन्द २० हजार २१ मत ल्याई निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका विनयध्वज चन्दले ६ हजार ३ सय ६६ र तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का माया भट्टले ५ हजार ६ सय ४६ प्राप्त गर्नु भएको थियो ।

संविधानसभा निर्वाचन, २०६४ मा महाकाली अञ्चलबाट प्रत्यक्ष तर्फ निर्वाचन लड्ने उहाँ एकीकृत नेकपा (माओवादी)को एक मात्र महिला उम्मेदवार हुनुहुन्थ्यो ।

संविधानसभामा उहाँ संवैधानिक समितिको सदस्य हुनुभयो । चन्द एकीकृत नेकपा (माओवादी) को सेती महाकाली राज्य समिति सचिवालय सदस्यका साथै अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की केन्द्रीय सचिवालय सदस्य हुनुहुन्थ्यो । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "उज्यालो", उज्यालो  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-२० मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]