लिम्बू विद्यार्थी मञ्च

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिम्बू बिधार्थी मन्च (याक्थूङ निच्छाम्सा चूम्भो) लिम्बू बिधार्थीहरूको हक,अधिकार संरक्षण र सम्बर्द्धन गर्दै लिम्बू भाषा,लिपि,धम्,कला,सँस्क्रितिर शैक्षिक विकाशमा योगदान पुर्याउन स्थापित लिम्बू बिधार्थीहरूको साझा सङ्गठन हो । वि.सं. २०४६ पछि लिम्बूवान भुमि इलाममा लिम्बू बिधार्थीहरूले प्रारम्भ गरेको सङ्गठन 'याक्थूङ सकसक् यक्' समेतको समायोजनमा बिकशित लिबि मन्चको बिधिवत स्थापना वि.सं. २०५५ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि नै लिम्बू बिधार्थी र लिम्बूहरुका हक अधिकारका निम्ति वकालत गर्दै आएको लिबि मन्च अहिले सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपालमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त लिम्वूवान स्थापना र लिम्बू माध्यम भाषामा पठन पाठन हूनुपर्ने मूद्दालाई अग्रभागमा राखेर अघि बढिरहेको छ । यसले न्याय,समानता र स्वाधिनताका लागि लिम्वू बिधार्थीहरुबिच पारस्परिक सहयोग र सांगठनिक एकतामुलक शक्तिमार्फत लिम्बू बिधार्थीहरूको पक्षमा रचनात्मक कार्य गर्दै पहिचान र अस्तित्वको सवालमा एक प्रिथक आयाममा चेतना अभिब्रिद्धि गर्दै आएको छ ।लिम्बू बिधार्थी, लिम्बू र लिम्बूवानको सम्रिद्धताका लागि प्रचारात्मक,चेतनामूलक,ईताहास,पहिचान संरक्षक,बौद्धिक र परिवर्तनकारी कार्यमा निरन्तर क्रियाशिल लिबि मन्च ऐतिहासिक लिम्बूवान भूमिका जिल्लाहरू,ताप्लेजोङ,इलाम,पान्थर,झापा,मोरङ,सूनसरी,धनकूटा,तेह्रथूम र संखुवासभाका साथै काठमाडौँ,ललितपूर,भक्तपूर,चितवन र कास्की जिल्लामा सक्रिय रहेको छ । यसका साथै छिमेकी मूलुक भुटान र भारतका सिक्किम,दार्जिलिङका लिम्बू बिधार्थी सङ्गठनहरूसँग समेत सांगठनिक सम्बन्ध स्थापित गर्दै अगाडि बढिरहेको छ ।

सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]

लिम्बूवान जर्नल,वर्ष 2,अंक 2,भदौ 2069