लुई ओग्युस्ट ब्लांकी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
लुई ओग्युस्ट ब्लांकी (सन् १८०५-१८८१) - फ्रान्सका प्रसिद्ध क्रान्तिकारी, काल्पनिक साम्यवादका एक जना प्रमुख प्रतिनिधि, सन् १८३०-१८७० तिर पेरिसका विद्रोहहरू र क्रान्तिहरूमा सहभागी। उनले गुप्त क्रान्तिकारी संगठनहरूको नेतृत्व गरेका थिए। उनले क्रान्तिकारी संघर्षको निम्ति आम जन-समुदायको संगठनको निर्णायक भूमिका हुने कुरा बुझेका थिएनन् र षड्यन्त्रकारी क्रान्तिकारीहरूको कुनै सानोतिनो दलद्वारा सत्तामा कब्जा जमाउने प्रयास गरेका थिए। ब्लांकीको क्रान्तिकारी योगदानको ठूलो मूल्याङ्कन गर्दै मार्क्स तथा लेनिनले उनका गल्तीहरूको र षड्यन्त्रकारी रणनैतिको अवगुणको पनि कटु आनोचना गर्नुभएको थिए। [१]
[सम्पादन गर्ने] स्रोतहरू
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९२
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: लुई ओग्युस्ट ब्लांकी |