ल्यारी किङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ल्यारी किङ (सन् १९३३- ) टेलिभिजन छलफल कार्यक्रमका प्रस्तोता हुन्।

सन् १९३३ नोभेम्बर १९मा न्युयोर्कमा अमेरिकी बाबु एडवार्ड जाइगर र बेलारुसी मुलकी आमा जेन्नी गिट्लिजका सन्तान ल्यारी रेडियोमा काम गर्न चाहन्थे। सानोतिनो काम गर्ने कामदार बनेर सिबिएस रेडियोमा प्रवेश गरेका ल्यारीको पहिलो प्रसारण सन् १९५७ मे १मा भएको थियो, जब त्यहाँको एउटा रेडियो एंकरले जागीर छाडेको थियो।

पछि उनले सिएनएन टेलिभिजनमा ल्यारी किङ लाई भ लाई जारी राखे। ल्यारीको प्रिमियर शो सन् १९८५ जुन ३मा भएका थियो भने अन्तिम शो सन् २०१० डिसेम्बर १६मा भयो। उनले सन् २०१० जुनमा ल्यारी किङ लाई भबाट बिदा लिने घोषणा गरेका थिए।

उनको पत्रकारिता यात्रा करिब ५३ वर्ष जारी रह्यो। यो अवधिमा उनका ६ हजारभन्दा बढी एपिसोड प्रसारण भए।