वार्तालाप:टर्की

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शीर्षक फेर्न अनुरोध[सम्पादन गर्नुहोस्]

नेपाली बृहत् शब्दकोशको अवहेलना गरि शीर्षक बदलिएको छ। यसको मुल शीर्षक तुर्की हुन्छ जुन स‌स्कृत भाषाको तुरस्क शब्दबाट आएको हो र त्यही अनुसार शीर्षक सच्याउनु पर्छ। मानक निकायको अवहेलना गरि वेबसाइटमा लेखिएको भरमा शीर्षक फेर्न राम्रो कार्य होइन। तर यदी कसैलाई टर्की सहि लाग्छ भने नेबृशमा गलत लेखिएको छ तत्काल सच्याउका लागि अनुरोधको विकल्प खुला छ। त्यहाँ भएको खण्डमा सहर्ष स्वीकार्य हुनेछ। हिमाल सुबेदी (कुरा गर्ने) १४:३७, ८ जुलाई २०२० (नेपाली समय) हिमाल सुबेदी (कुरा गर्ने) १४:३८, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाल प्रज्ञाप्रतिष्ठानले जारी गरेको नेपाली बृहत् शब्दकोश अनुसार यहाँ धेरै शीर्षकहरू बनेका छन् र मानक निकाय अनुसार हामीले धेरै शब्दहरू अनुसरण गरेका छौँ, जसमा विभिन्न ह्रस्व, दीर्घ र हालसालै नेबृश अनुसार फेरिएको काठमाडौँ समावेश छ। तर वेबसाइटले भन्यो भन्दैमा पुस्तकमा पनि समावेश तुर्की शब्दलाई उपेक्षा किन गर्न खोजिएको हो? बोल्दा फेरि टर्की बोल्नु तर यहाँ तुर्की नै हुन्छ।- Saroj Uprety (कुरा गर्ने) १४:५७, ८ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]