विकिपिडिया:मातृभाषा सम्पादनथन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मातृभाषा सम्पादनथन

मातृभाषा सम्पादनथन अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१८ को शुभउपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिनका लागि सञ्चालन गर्न लागिएको एक अनलाइन सम्पादनथन प्रतियोगिता हो । यो प्रतियोगिता २१ फेब्रुअरी २०१८ देखि २३ फेब्रुअरी २०१८ सम्म सञ्चालन गरिनेछ । यो प्रतियोगिताको मुख्य लक्ष्य नेपाली विकिपिडियामा अन्तर्राष्ट्रिय भाषा तथा भाषा परिवारसँग सम्बन्धित लेख तथा पृष्ठहरू अभिवृद्धि गर्ने रहेको छ । मातृभाषा दिवसको उपलक्ष्यमा सञ्चालन हुन गइरहेको यो पहिलो सम्पादनथन प्रतियोगिता हो ।
सम्पूर्ण नेपाली विकिपिडियन साथीहरूलाई आयोजकको तर्फबाट यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछु । प्रतियोगितासँग सम्बन्धित कुनै समस्या अथवा प्रश्न भएमा यस सम्पादनथन पृष्ठको वार्तामा लेख्न आग्रह गर्दछु ।
शीघ्र लिङ्कहरू
मातृभाषा सम्पादनथन
Mother Language Edit-a-thon
आरम्भ२०१८, फेब्रुअरी २१
समाप्ति२०१८, फेब्रुअरी २३
उद्घाटन२०१८
संस्थापकबिप्लब आनन्द
सहभागीहरूविश्वभरका नेपाली भाषीहरू
आयोजनकर्ताविकिमिडियन्स अफ नेपाल


उद्देश्य

  • नेपाली विकिपिडियामा उत्कृष्ट मापदण्डका लेख निर्माणका लागि
  • नेपाली विकिपिडियामा विश्वस्तरीय लेख निर्माणका लागि
  • नेपाली विकिपिडियामा सम्पादनकर्ताको सङ्ख्यामा वृद्धि गर्नका लागि
  • नेपाली विकिपिडियामा नयाँ सम्पादक आकर्षित गर्नका लागि
  • ज्ञान अभिवृद्धिको कार्य हर्षोल्लास तथा मनोरञ्जनात्मक तरिकाले सम्पन्न गर्नका लागि

महत्वपूर्ण मिति

  • सम्पादन कार्यक्रम आरम्भ: २१ फेब्रुअरी, २०१८ (००:०० युटिसी)
  • सहभागी दर्ता अन्तिम मिति: कार्यक्रम अवधिभर
  • सम्पादन कार्यक्रम समाप्त मिति: २३ फेब्रुअरी, २०१८ (२३:५९ युटिसी)

मातृभाषा सम्पादनथनमा कसरी सहभागी हुने?

मातृभाषा सम्पादनथनमा सहभागी हुनका लागि निम्न बुँदाहरूमाथि ध्यान दिनुहोला :

  • खाता नभएका प्रयोगकर्ताहरूले सर्वप्रथम नेपाली विकिपिडियामा आफ्नो खाता सिर्जना गर्नुहोस् ।
  • खाता बनाइसकेपछि लग इन गरेर यहाँ गई आफ्नो नाम दर्ता गर्नुहोस् ।

को-को भाग लिन सक्छन्?

  • सम्पूर्ण वर्गका प्रयोगकर्ताहरू यस प्रतियोगितामा सहभागिता जनाउन सक्छन् ।

लेख मापदण्ड

  • ४,००० बाइट्स
  • ३०० शब्द
  • भाषिक शुद्धता
  • तस्वीर, स्रोत र बाह्य लिङ्क सङ्ग्रहित

पुरस्कार

  • यस कार्यक्रममा भाग लिई उत्कृष्ट योगदान दिने प्रयोगकर्तालाई पुरस्कार सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
  • प्रतियोगिता अवधिमा सबैभन्दा बढी मान्य लेख सिर्जना गर्ने योगदानकर्तालाई पुरस्कृत गरिनेछ ।
  • ५ वा सो भन्दा बढी मान्य लेख सिर्जना गर्ने योगदानकर्ताहरू भएको अवस्थामा पुरस्कार सबैमा सामान रूपले बाँडफाँड गरिनेछ ।
  • विकिपिडियाको सम्पूर्ण नियमहरूको पालना गर्दै लेख निर्माण गर्नुपर्नेछ ।

विजेताहरू

स्थान प्रयोगकर्ता कुल लेख निर्माण निर्णायक अङ्क
बेनुपराज पौडेल १३ १३
जनक भट्ट
नवीन सापकोटा

उत्कृष्ट योगदानकर्ता

स्थान प्रयोगकर्ता कुल लेख निर्माण निर्णायक अङ्क
विप्लव आनन्द


यो पनि हेर्नुहोस्