विनोदप्रसाद धिताल
विनोदप्रसाद धिताल | |
---|---|
जन्म | काठमाडौं, नेपाल | १० जुन १९२३ (वि.सं. १९८० जेष्ठ २८)
मृत्यु | १६ अगस्ट २००७ | (उमेर ८४)
राष्ट्रियता | नेपाली |
शिक्षा | एम्. ए., बी.एल |
पेशा | साहित्यकार |
उल्लेखनीय कार्य | योजनगन्धा |
पुरस्कार | मदन पुरस्कार (वि.सं. १९९५) |
विनोदप्रसाद धिताल (वि.सं. १९८०- वि.सं. २०६४) नेपाली साहित्यकार हुन्। उनले वि.सं. २०५२ सालको मदन पुरस्कार पाएका थिए।
जीवनी
[सम्पादन गर्नुहोस्]धितालको जन्म वि.सं. १९८० जेष्ठ २८ गतेका दिन बाबु भैरवप्रसाद धिताल र आमा हुताशन कुमारीका सुपुत्रका रूपमा त्रिपुरेश्वर, काठमाडौंमा भएको हो। उनले एम्. ए., बी.एल गरे।
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनको पहिलो रचना शारदामा वि.सं.१९९६-९७ तिर कविता प्रकाशित भएको थियो। उनका उपन्याससहितका प्रकाशित कृतिहरूः
- उज्यालो हुनुअघि (उपन्यास)
- योजनगन्धा (उपन्यास)
- राधा-मिलन (खण्डकाव्य)
- अस्ताउन लागेका चन्द्रमासँग
- डिभाइन कमेडी (अनुवाद)
- आचार्य विष्णुगुप्त चाणक्य (उपन्यास अनुवाद)
- लाईफ अफ साई (अनुवाद)
पुरस्कार
[सम्पादन गर्नुहोस्]योजनगन्धा नामक पौराणिक उपन्यास ग्रन्थका लागि उनले मदन पुरस्कार २०५२ प्राप्त गरे। योजनागन्धा कै लागि वि.सं. २०५२ सालको साझा पुरस्कार, डिभाइजन कमेडीको अनुवादमा इटलीको लेकचरा दाँतिस पदक (सन् १९९४), र दुई पटक साहित्यमा स्वर्ण पदक पाएका थिए।
भ्रमण
[सम्पादन गर्नुहोस्]उनले नेपाल, भारत, रुस, इटली, बेलायत, अमेरिका, अस्ट्रेलिया, इन्डोनेसिया, अफगानिस्तान आदि देशको भ्रमण गरे।
निधन
[सम्पादन गर्नुहोस्]धितालको वि.सं. २०६४ साउनमा निधन भयो।