विश्व जनसङ्ख्या फाउण्डेशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्व जनसङ्ख्या फाउंडेशन सन् १९८७मा निदरलण्डमा स्थापना भएको हो। जसको उदेश्य उच्च जन्मदर, जनसङ्ख्या बृद्धि, मातृस्वास्थ्य,शिशु मृत्यु जस्ता जनसङ्ख्यासँग सम्बन्धित समस्यालाई समाधान गर्दै विश्वको गरिवी निवारण र जीवन स्तर सुधार गर्नु रहेको छ।

विश्व जनसङ्ख्या फाउण्डेशन (WPF) १९८७मा नेदरल्यान्डमा डायना र रोए डब्ल्यू ब्राउन द्वारा स्थापित भएको संस्था हो। यसको उद्देश्य समुदायमाउच्च जन्म दर, शिशु मृत्यु दर, तीब्र जनसङ्ख्या वृद्धि, मातृ मृत्युदर आदि विषयमा ध्यानाकर्षण गर्ने सङ्गठन निर्माण गर्नु थियो। आफ्नो उद्देश्यको लागि एक सङ्गठन बनाउनको लागि यी विषयहरूको प्रभाव तिर ध्यान आकर्षित गर्नऽ पर्यावरण, परियोजनाहरू र कार्यक्रमहरूको लागि स्रोत र साधन जुटाउनु र यसको अन्तिम लक्ष्य संसारको गरीबी कम गर्न र विश्वको सबै भन्दा गरीब मानिसको जीवनस्तर सुधार गर्नु रहेको थियो।

१९८७ देखि १९९४ सम्म WPF एक सानो सङ्गठन थियो। यो मुख्य रूपले संस्थापहरू मध्येबाट उठेको दान र परामर्श कार्य द्वारा सञ्चालन हुन्थ्यो। १९९४मा मिश्रको काइरोमा भएको जनसङ्ख्या र विकास सम्बन्धि अन्तरराष्ट्रिय सम्मेलनमा WPFको डच प्रतिनिधिमण्डलमा एक महत्त्वपूर्ण भूमिका निभायो। त्यही सम्मेलनमा काइरो कार्ययोजना बनेको थियो जुन अझै पनि WPFको कामको लागि एक आधारको रूपमा रहेको छ।

WPFले मातृ र शिशु मृत्यु दर लाई कम गर्नको लागि र यौन स्वास्थ्यप्रजनन अधिकार सुधारको लागि काम गर्दछ। यसले विश्वव्यापी रूपमा गरिवी विरूद्धको संघर्षलाई बल प्रदान गर्न र सेवाहरू सुधार गर्नको लागि योगदान दिन्छ। यसैले WPFले संयुक्त राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यमा यी विषयहरूको कार्यान्वयनको वकालत गर्दछ।

विकासशील देशहरूमा[सम्पादन गर्नुहोस्]

WPFले विकासशील देशहरूमा मुख्य रूपमा युवा र पहुँच बिहीन युवाहरूलाई यौन र प्रजनन् सम्बन्धि सेवाहरूको विषयमा जानकारी प्रदान गर्ने स्थानीय सङ्गठनहरूलाई मद्दत गर्छ ।

WPFको स्थानीय सङ्गठनहरूको क्षमता लाई मजबूत बनाउनको लागि काम गर्दछ, गतिविधिहरूको विकास र कार्यान्वयनमा सहायता र प्रबंधन प्रशिक्षण प्रदान गर्दछ। WPFको दृष्टिकोण विशेष रूपले युवाहरूको यौन र प्रजनन स्वास्थ्य सँग सम्बन्धको बारेमा डच नीतिहरूमा आधारित छ। २००६मा WPFले नौ देशहरूमा गैर - सरकारी सङ्गठनहरूलाई सहयोग गरेको छ।

Currently WPF maintains field offices in Pakistan[१], Vietnam and Indonesia.

जनचेतना सम्बन्धि कार्यक्रमहरू[सम्पादन गर्नुहोस्]

WPF नेदरल्यान्ड, यूरोप र अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्रसंघमा नीति निर्माताहरू संगमा संलग्न छ। अप्रत्यक्ष वकालतमा डच मीडिया र साझेदार सङ्गठनको माध्यमबाट विकासशील देशहरूमा जन जागरूकता सृजना गर्नु आदि पर्दछन्।

WPF शेयर नेट को एक सक्रिय सदस्य हो र EuroNGOs वेब्याक मेसिन अभिलेखिकरण २००४-११-२९ मिति. २००४मा WPF लाई राष्ट्रसंघीय आर्थिक र सामाजिक परिषद द्वारा ‘विशेष परामर्शदातृ’को स्थान दिइएको थियो।

WPFले एक युवा सङ्गठन युवा र यौनिकताको लागि CHOICE को स्थापना गर्योल।CHOICEले [http://www.youthcoalition.org युवा गठबंधन) र YouAct नामक यौन र प्रजनन स्वास्थ्य बढी अधिकारहरू एक यूरोपीय युवा सञ्जालको सञ्चालन गर्योि।

नीदरल्यान्डमा WPFमा MYBODY नामको अभियान चलाएको छ जसले मेरो जीवन, मेरो छनोट, मेरो शरीर (My Life, My Choice, MYBODY) भन्ने नारा लिएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

http://www.un.org.pk/unfpa/partners.htm  |प्रकाशक= प्यारामिटर ग्रहण गरेन (सहायता); |शीर्षक= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-२२ मिति

http://www.gatesfoundation.org/GlobalHealth/Grants/Grant-251.htm  |शीर्षक= प्यारामिटर ग्रहण गरेन (सहायता); |प्रकाशक= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)[dead link]

बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]

[१] वेब्याक मेसिन अभिलेखिकरण २०१२-०८-०६ मिति

विश्व जनसङ्ख्या फाउण्डेशन

विश्व जनसङ्ख्या फाउण्डेशन पाकिस्तान वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-२६ मिति