वेस्ट इन्डिज अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजको प्रतिनिधित्व गर्ने गर्दछ । यो वेस्ट इन्डिज क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो । वेस्ट इन्डिजले सन् १९७४ देखि अन्डर-१९ टेस्ट म्याच खेल्दै आएको छ । अन्डर-१९बाट खेल सुरूवात गरेका खेलाडीहरू ब्रायन लारा, शिवनारायण चन्द्रपाउल, रामनरेश शरवन र कर्टनी वाल्सले टिमको प्रतिनिधित्व अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय टोलीबाट गरिसकेका छन् । यस टिमले सन् २०१५ अगस्ट सम्म ६५ म्याच खेलिसकेको छ । यस टिमको जित प्रतिशत ६०% रहेको छ ।[१][२]