शिशु
नेपाली विकिपीडियाबाट
शिशु पृथ्वीमाथी कुनै पनि जीव (प्राणी)को सबै भन्दा पहिलो अवस्था हो। जन्म देखि एक महिना सम्मको आयुको शिशुलाई नवजात (नयाँ जन्मेको) भनिन्छ जबकि एक महीना देखि तीन वर्ष सम्मको बच्चालाई मात्र शिशु भन्छन्। आम बोल चालको भाषामा नवजात र शिशु दुबैलाई बच्चा भन्ने गरिन्छ। एउटा अर्को भनाई अनुसार जब सम्म बालक वा बालिका आठ वर्ष सम्मको हुँदैनन तब सम्म उनिलाई शिशु भन्छन्।