साझा बस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साझा बस हाल काठमाडौँ उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधन हो। यसलाई साझा यातायात सहकारी लिमिटेडले सञ्चालन गरेको नयाँ सेवा हो । यो हरियो रङको हुन्छ । सबै यातायात सेवा बन्द भएको १२ वर्षपछि साझाले पुनः आफ्नो सेवा सुरू गरेको हो।[१] तत्कालिन राजा महेन्द्रको अग्रसरतामा २०१८ सालमा साझा यातायात सुरू भएको थियो। त्यसपछि २०२६ सालमा एकचोटी सेवा बन्द भएर पुनः सुरू भएको थियो। [२]

५१ वर्षअघि सरकारले स्थापना गरेको साझा यातायात ०५८ सालमा विघटन भएको थियो।[३]

"पञ्चायतकाल र बहुदलकालमा सत्तास्वार्थ र राजनीतिक भर्तीकेन्द्र बनाइएको साझा यातायात टाट पल्टेपछि सरकारले त्यसको विघटन गरेको थियो । पाटन पुनरावेदन अदालतले २०५९ सालमा साझा खारेज नगर्न र सञ्चालन गर्न आदेश दिएपछि सरकारले २०६२ सालदेखि फेरि साझा चलाउन प्रयास गरिएको थियो । १ सय ८३ वटा बससम्म सञ्चालन गरेको साझा यातायात माओवादी सशस्त्र युद्धका क्रममा भएको भौतिक आक्रमण र अन्य कारणले धराशयी भएको थियो।"[४]

साझाले १६ वटा अत्याधुनिक बस मार्फत सस्तो, सुलभ, भरपर्दो र समयबद्ध ढङ्गले बस सेवा शुरु गरेको छ । पहिलो रुटमालगनखेल-जावलाखेल-कुपन्डोल-त्रिपुरेश्वर-जमल-लैनचौर-पानीपोखरी-शिक्षण अस्पताल-नारायणगोपालचोक-बसन्धुराचोक-सामाखुशी हुँदै गोंगबु बसपार्क तथा अर्को कलंकी-कालिमाटी-त्रिपुरेश्वर-माइतीघर-नयाँ बानेश्वर-तीनकुने-सिनामङ्गल-एयरपोर्ट भै त्यही रुट भै फर्कने साझा यातायातले जनाएको छ । [५][६]

पहिले काठमाडौँमा नै चलाउने अनुमति नदिन र पछि एयरपोर्ट सम्म सेवा विस्तार गर्नबाट रोक्न सिन्डिकेट चलाईरहेका यातायात व्यावसायी र ट्याक्सी व्यावसायीहरूले प्रयास गरेका थिए।[२]

यातायात व्यवसायीहरूबाट हुँदै आएको मनपरीतन्त्रलाई निरुत्साहित गर्न सरकारले यातायात क्षेत्रमा हात हालेको र साझा बस चलाएको नेपाल उद्योग वाणिज्य महासङ्घले बताएको छ ।[७]

भक्तपुरमा साझा बस[सम्पादन गर्नुहोस्]

लामो समयको प्रयास पछि साझा यातायातले २०७४ साल जेष्ठ १० गतेबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गरेको छ । साझा बस स्वयम्भुबाट सीतापाइला–कलंकी–रवीभवन–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर–रत्नपार्क–सहीदगेट–थापाथली–माइतिघर–बबरमहल–नयाँबानेश्वर–मीनभवनहुँदै कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायकसम्म सम्म चलेको छ । कोटेश्वरबाट भक्तपुरमा जडिबुटी लोकन्थली–कैशलटार–गठ्ठाघर–ठिमी–सल्लाघारी हुँदै सुर्यविनायकसम्म सेवा विस्तार गरेको छ भने सूर्यविनायकबाट सोही रुट हुँदै फर्किनेछ । बस माइतिघरबाट सिंहदरबार–पुतलीसडक–कमलादी–घण्टाघर–पुरानो बसपार्क–सहीद गेट–त्रिपुरेश्वर–कलंकी हुँदै स्वयम्भु नै फर्किने रुट रहेको छ ।[८]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

9. [[[तीन अर्ब रकम ब्याजमा लाउँदा नाफामा साझा]। biznessnews]]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

  1. साझा बस सेवा सुरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-०६ मिति मेट्रो एफ एम
  2. २.० २.१ साझा बस एयरपोर्टसम्म जान पाउने समुन्द्रपारी डट कम
  3. यस्तो छ शनिबारदेखि चल्ने साझा बस (साथमा तस्बिर) नागरिक न्यूज
  4. चल्ने भयो साझा बस वेब्याक मेसिन अभिलेखिकरण २०१२-११-०८ मिति इ कान्तिपुर
  5. १२ वर्षपछि गुड्यो साझा बस नागरिक न्यूज
  6. चल्यो साझा बस (फोटो फिचरसहित) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-२८ मिति अनलाईन खबर
  7. सिन्डिकेट हटे साझा बस चाहिँदैन : व्यवसायी वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-२४ मिति अनलाईन खबर
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://kantipur.ekantipur.com/news/2017-05-25/20170525075237.html