साम्राज्यवाद
नेपाली विकिपीडियाबाट
साम्राज्यवाद (Imperialism) त्यो नीति हो जस अन्तर्गत एक देश आफ्नो सीमादेखि बाहिर गएर अरु देशहरू र प्रदेशहरूमा हस्तक्षेप गर्छ। यो हस्तक्षेप राजनैतिक, आर्थिक, सांस्कृतिक वा अन्य कुनै प्रकारको हुन सक्छ। यसलाई प्रत्यक्ष रूपले कुनै पनि क्षेत्रलाई आफ्नो राजनैतिक अधिकारमा लिनु र त्यस क्षेत्रका निवासीहरूलाई विविध अधिकारहरूले वंचित गर्नु हो। देशका नियंत्रित क्षेत्रहरूलाई साम्राज्य भनिन्छ।