सुव्रत आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुव्रत आचार्य
राष्ट्रियतानेपाली
अन्य नामसुव्रत राज आचार्य
पेशासञ्चारकर्मी, चलचित्र निर्देशक

सुव्रत आचार्य नेपालका एक बहुचर्चित सञ्चारकर्मी [१] तथा चलचित्र निर्देशक हुन् ।उनले विगत २० वर्ष देखी नेपाली सूचना तथा सञ्चार क्षेत्रमा निरन्तर आफ्नो पेशागत सहभागीता जनाउदै आइरहेका छन् । कान्तिपुर मिडिया ग्रुप अन्तरगतको कान्तिपुर साप्ताहिकमा विगत २० वर्ष देखी आवद्ध उनका प्राय लेख मनोरञ्जन तथा फिल्मी बिषयमा आधारित हुन्छन् । उनी हाल कान्तिपुर साप्ताहिकमा बरिष्ठ उप-सम्पादक पदमा कार्यरत छन् ।फिल्म जर्नलिष्ट एसोशिएसन अफ नेपालको संस्थापक कोषाध्यक्ष समेत रहिसकेका आचार्य हाल पनि उक्त संस्थामा सदस्य छन् .

बाल्यकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

त्रिभुवन विश्वविद्यालयबाट मास कम्युनिकेसनमा स्नातक हासिल गरेका उनले चलचित्र, संगीत, फेसन तथा लाइफस्टाइल बिटमा कलम चलाइरहेका छन् । उनले अनलाइन पत्रकारितामा साइबरसंसार डटकममा लेखक तथा पब्लिक रिलेसन अफिसर एवं मेरोसिनेमा डटकमको संस्थापक सम्पादक समेत भै कार्य गरेको अनुभव संगालेका छन् ।

चलचित्र[सम्पादन गर्नुहोस्]

चलचित्र ‘अधकट्टी’बाट निर्देशनमा डेब्यु गरेका आचार्यले पत्रकारितामा लाग्नु अगाडि तीनवटा चलचित्रहरूमा सहायक तथा सहनिर्देशकका रूपमा कार्य गरेका छन् ।[२] सुव्रत आचार्यले पाँच दर्जन जति म्युजिक भिडियोहरु पनि निर्देशन गरेका छन् । नेपाली चलचित्रहरु ‘आचार्य’, ‘कलिउड’, ‘नसिब आफ्नो’ का अभिनेता समेत रहेका आचार्यले नृत्य निर्देशक राजु शाहबाट विधिवत नृत्यको प्रशिक्षण समेत लिएका छन् । उनले चलचित्र तथा मनोरञ्जन पत्रकारिता तथा चलचित्र कर्ममा दुई दशकभन्दा बढि समय व्यतित गरिसकेका छन् ।

योगदान[सम्पादन गर्नुहोस्]

उनले नेपाली पत्रकारिता क्षेत्रमा २० वर्ष अनवरत सेवा गरेका छन् ।

पुरस्कार र सम्मान[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]