हार्ड डिस्क
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
हार्ड डिस्क एकप्रकारको स्टोरेज डिभाइस हो । यो सेकेण्डरी मेमोरी अन्तर्गत पर्दछ, यसमा स्टोर भएको डाटा पावर सप्लाई नभए पनि स्टोर भैराखेको हुन्छ। यसले प्राइमरी मेमोरी (र्याम)को तुलनामा धेरै डाटा स्टोर गर्न सक्छ. बिशेष गरेर हार्ड डिस्कलाइ ब्याकप राख्नको लागि पनि प्रयोग गरिन्छ। हार्ड डिस्क सन् १९५६ मा पहिलो चोटी आइबिएमएकाउन्टिंग कम्प्युटरको र मैन्फ्रेम र मिनी कम्प्युटरको लागि बनाइएको थियो। हार्ड डिस्क इन्टरनल र एक्सटर्नल गरि दुइ प्रकारको हुन्छ: इन्टरनल हार्ड डिस्क कम्प्युटरको केसिंगभित्र राखिएको हुन्छ भने एक्सटर्नल हार्ड डिस्क कम्प्युटरको केसिंग बाहिर राखिएको हुन्छ र एक्सटर्नल हार्ड डिस्क लाइ प्राय जसो यूएसबी मा जोडिएको हुन्छ।
बिशेष गरेर हार्ड डिस्क ४ प्रकारका हुन्छन
- IDE (PATA)
- SATA
- SCSI
- SAS
IDE(PATA):- Integrated Drive Electronic(Parallel Advanced Technology Attatchment) यसमा ४०/८० पिन को डाटा केवल हुन्छ यसमा १३३ mbps डाटा ट्रान्सफर हुन्छ यसले एकपटकमा ८ बिट डाटा ट्रान्सफर गर्छ
SATA(Serial Advanced Technology Attachment)
- यसमा ७ पिनको डाटा केबल प्रयोग गरिएको हुन्छ
- यसले सामान्यतया ३ MBPS डाटा ट्रान्सफर गर्छ
SCSI(Small Computer System Interface)
- यसमा ५०-६८ पिनको डाटा केबल प्रयोग गरिन्छ
- यो ड्राइभ हट स्वापेबल हुन्छ
- १६ ओटा SCSI ड्राइभहरु एउटै SCSI Cable मा जोड्न सकिन्छ
- यो ड्राइभमा 640MB/S डाटा ट्रान्सफर गर्न सकिन्छ
SAS(Serial Attached SCSI Drive)
- यो ड्राइभले ८०५ MB/S डाटा ट्रान्सफर गर्छ
- बढीमा १४८ ओटा SAS ड्राइभहरु एउटै SAS केबलमा जोड्न सकिन्छ
Contributor: Hari Gurung
IT Trainer/System Administrator
Minux Institute of Technology
Pokhara Nepal