२०७२ नेपाल नाकाबन्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालमा नाका बन्दीको असर
नेपालमा नाका बन्दीको असर
नेपालमा नाका बन्दीको असर

२०७२ नेपाल नाकाबन्दी विसं २०७२ आश्विन ०६ गतेबाट शुरु भएको थियो। बि.सं २०७२ मा नेपालले जारी गरेको नेपालको संबिधान, २०७२ प्रति असन्तुष्टि जनाउँदै भारतले आर्थिक नाकाबन्दी लगाएपछि नेपालले ठूलो ऊर्जा सङ्कटको सामना गरेको थियो। यसले नेपालको जनजीबन तथा अर्थतन्त्रमा ठुलो असर पारेको छ। नेपालको सरकारले यसलाई भारतले अघोषित रूपमा लगाएको नाकाबन्दी भनेर उल्लेख गरेता[१] पनि भारतले यस कुरालाई स्वीकार गरेको छैन ।[२]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

नाकाबन्दीको कारण ग्यासको अभाव भएपछी लाइनमा रहेका ग्यास सिलिण्डरहरू

नेपालको तराइ क्षेत्रमा संबिधान घोषणाको दिन नजिकिदै गर्दा तनाब र हिम्सात्मक गतिबिधीहरु बढ्दै गएका थिए । विशेष गरी सिमान्कन का विषयमा प्रमुख दलहरु र तराइकेन्द्रित दलहरूको बिबाद बढ्दै गैरहेको थियो ।[३] यही बिबादका माझ २०७२/०६/०३ संबिधानसभाबाट संबिधान जारी भयो । संबिधान जारी हुने बेलामा भारतबाट विशेष दुत पठाएर आफ्नो चासो र चिन्ता ब्यक्त गर्ने काम भयो । तराइको सीमामा सुरक्षाको कारण देखाएर मालबाहक साधनहरु विशेष गरी पेट्रोलियम पदार्थ बोकेका गाडीहरूलाई जाचपासमा कडाइ गर्ने काम सुरु भयो ।[४] यसरी नेपालमाथि भारतले अघोशित नाकाबन्दी लगाएको हो ।

कसले र कसलाई ?[सम्पादन गर्नुहोस्]

यसपछि सिमा सुरक्षको विषय बनाएर विश्वकै एक विशाल प्रजातान्त्रिक मुलुक भारतले अघोषित नाक बन्दी गर्यो तर मुखमा मधेसी दललाई राख्यो।

किन ?[सम्पादन गर्नुहोस्]

भारतले संबिधान घोषणामा केहीसाता पर्खन आग्रहको लागि आफ्ना विशेष दुतहरु नेपाल पठाएको थियो । [५] सो कुराप्रति नेपाल असहमत भएर तोकिएको समयमै संबिधान घोषणा गरेको कारणका साथै नेपालको तराइको सिमाबर्ती क्षेत्रहरूमा भै रहेको तनाब र हिम्सात्मक गतिबिधी प्रमुख कारणका रूपमा रहेको पाइन्छ । हिन्दु अधिराज्यको घोषणा या धर्म निरपेक्ष शब्दको खारेजी वा नेपालको संबिधान भारतको बिहार राज्यको चुनाबपछाडी घोषणा नगरिएकोले नाकाबन्दी लगाइएको हो । [६]

कहिले बाट?[सम्पादन गर्नुहोस्]

२०७२/०६/०६ गतेदेखी भारतले नेपालमा अघोशित नाकाबन्दी लगाएको हो । [७]


यो पनि हेरौँ[सम्पादन गर्नुहोस्]

  • नाकाबन्दीको बारेका लेख फेसबुकबाट गायब

भारतीय बरिषठ पत्रकार विशाल अरोराले भारतले नेपालमाथि लगाएको नाकाबन्दी बिरुद्ध फेसबुकमा लेखेको लेख फेसबुकले सेन्सर गरेको छ । "आर आइ पि ईन्डियाज इन्फ्लुयन्स अन नेपाल" शिर्शकको सो लेख फेसबुकले सेन्सर गरेको हो । जुन लेखलाई नेपाल तथा भारतका ३००० भन्दा बढी नागरिकले सामाजिक सन्जालमा शेयर गरेका थिए ।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भारतले नाकाबन्दी गरेकै होः माधव नेपाल", www.onlinekhabar.com, अनलाइनखबर डटकम, अन्तिम पहुँच २०७२ मङ्सिर १० 
  2. "नाकाबन्दी इन्कार गर्दै भारतले भन्यो- हामीलाई होइन, नेपाल सरकारलाई नै सोध", www.onlinekhabar.com, अनलाइनखबर डटकम, अन्तिम पहुँच २०७२ मङ्सिर ०३ 
  3. [१] "बीबीसी नेपाली"
  4. "पाँच हजार बढी गाडी भारतीय भूमिमा अलपत्र" , "Bizmandu" Sep 27 2015
  5. काशीराम ढुंगाना, "स्वतन्त्र नेपाल र छिमेकी भारतको चाहना", "रातोपाटी"
  6. धर्मेन्द्र बास्तोला, "संसदवादीलाई माओवादीको प्रश्न : कसरी बन्ला भारतसँग मित्रता ?", "अनलाइनखबर"२०७२ मंसिर २८ गते १२:३०
  7. बुद्धिनारायण श्रेष्ठ, "पटकपटक नाकाबन्दी", सेतोपाटी बिहीबार, आश्विन १४, २०७२ ११:१९:३१
  8. अनलाइनखबर, "नाकाबन्दीबारे अरोराको लेख फेसबुकबाट 'गायब, "अनलाइनखबर" २०७२ मंसिर ११ गते १९:२८