अक्कादी भाषा
अक्कादी | |
---|---|
बेबिलोनी वा अश्शूरी | |
𒀝𒅗𒁺𒌑 अक्कदु | |
क्षेत्र | मेसोपोटामिया |
मातृभाषी वक्ता | – |
आञ्चलिक भाषाहरू | |
सरकारी दर्जा | |
आधिकारिक भाषा | सुरुमा अक्काद (मध्य मेसोपोटामिया); कांस्यको अन्त्य र प्रारम्भिक फलाम युगमा मध्य पूर्व र इजिप्टको साझा भाषा। |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-२ | akk |
आइएसओ ६३९-३ | akk |
ग्लोटोलग | akka1240 [६] |
अक्कादी ( akkadû, 𒀝𒅗𒁺𒌑 ak-ka-du-u 2 ; लोगोग्राम: 𒌵𒆠 URI KI ) एक विलुप्त पूर्वी सेमिटिक भाषा हो जुन प्राचीन मेसोपोटामियामा (अक्कद , असिरिया, इसिन, लार्सा र बेबिलोनिया) तेस्रो सहस्राब्दी इसापूर्व देखि आठौँ शताब्दी इसापूर्व सम्म बोलियो जब त्यसलाई क्रमश आरामी भाषाले प्रतिस्थापन गर्न थाल्यो।
यो सबैभन्दा पहिलो प्रलेखित सेमिटिक भाषा हो र यसले क्युनिफोर्म लिपिको प्रयोग गर्दथ्यो जुन मूल रुपमा असम्बन्धित र विलुप्त सुमेरी भाषा लेख्न प्रयोग गरिन्थ्यो। अक्कादी भाषा अक्कद सहरको नामबाट राखिएको हो जुन अक्कादी साम्राज्य (लगभग २३३४ - २१५४ ईसापूर्व) को समयमा मेसोपोटामियाली सभ्यताको प्रमुख केन्द्र रहेको थियो। सुमेरी र अक्कादी भाषाहरूको बीचको पारस्परिक प्रभावले यी भाषाहरूलाई विद्वानहरूलाई भाषा सङ्घको रूपमा वर्णन गर्न प्रेरित गरेको छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Akkadian"।
- ↑ I.J. Gelb, "Old Akkadian writing and grammar", uchicago.edu, अन्तिम पहुँच २५ जुन २०२३।
- ↑ "Babylonian dialect | Akkadian dialect | Britannica"।
- ↑ Shlomo Izre’el (२००७), "Canaano-Akkadian", tau.ac.il, अन्तिम पहुँच २५ जुन २०२३।
- ↑ von Dassow, Eva, "Canaanite in Cuneiform", Journal of the American Oriental Society, vol. 124, no. 4, pp. 641–74, 2004
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "अक्कादी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
विकिमिडिया कमन्समा अक्कादी भाषा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।