नेपाल रेडक्रस सोसाइटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । यसरी नेपालमा रेडक्रस स्थापना गर्न पहल गर्ने ब्यक्तिमा डा. जयनारायण गिरीको प्रयास पनि उल्लेखनीय थियो । [१]

Nepal Red Cross Society
नेपाल रेडक्रस सोसाइटी
चित्र:Logo of Nepal Red Cross Society.png
नेपाल रेडक्रस सोसाइटीको लोगो
सङ्क्षिप्त नामनेरेसो
गठनसन् १९६३
प्रकारगैर-नाफामुखी संगठन र मानवीय क्षेत्रमा सरकारलाई सहयोगी
कानुनी वैद्यतागैर-नाफामुखी संगठन
प्रधान कार्यालयरेडक्रस मार्ग, कालिमाटी, काठमाडौँ
स्थान
  • नेपाल
सेवा
नेपाल अधिराज्य भर
अध्यक्ष
डा. नेत्रप्रसाद तिम्सिना
महा मन्त्रि
पिताम्बर अर्याल
कोषाध्यक्ष
सिताराम कोइराला
कार्यकारी निर्देशक
उमेश ढकाल
मुख्य अङ्ग
केन्द्रीय कार्यसमिति
सम्बद्धताअन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको महासंघ
स्वयंसेवकहरू (सन् २०१३/२०१४)
१,२३,०००
वेबसाइटwww.nrcs.org

रेडक्रसका सात आधारभूत सिद्धान्तहरू[सम्पादन गर्नुहोस्]

मानवता :[सम्पादन गर्नुहोस्]

रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई भेदभावविना सहयोग पुर्‍याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै हैसियतमा जहाँसुकै मानवीय विपत्तिलाई हटाउन वा कमगर्न प्रयत्नशील रहन्छ । यसको उद्देश्य जीवन तथा स्वास्थ्यको सुरक्षा तथा मानवको सम्मानलाई सुनिश्चित गर्नु हो । यसले सम्पूर्ण मानवबीचमा पारस्परिक समझदारी, मित्रता, सहयोग र चिरस्थायी शान्तिको अभिवृद्धि गर्दछ ।

निष्पछ्यता :[सम्पादन गर्नुहोस्]

रेडक्रसले राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । यसले विपत्तिको अवस्थामा मानवलाई सहयोग पुर्‍याउँदा उनिहरूको आवश्यकतालाई मात्र ध्यानमा राख्दछ र सबभन्दा बढी विपत्तिमा परेकालाई प्राथमिकता दिन्छ ।

तटस्थता :[सम्पादन गर्नुहोस्]

सबैको विश्वास प्राप्त गरिरहनका निम्ति शत्रुतापूर्ण व्यवहारमा र कुनै पनि क्षण राजनीतिक, जातिय, धार्मिक अथवा बैचारिक स्वभावका विवादहरूमा रेडक्रस अभियानले कसैको पक्ष लिँदैन ।

स्वाधिनता :[सम्पादन गर्नुहोस्]

रेडक्रस अभियानका स्वाधिन छ । राष्ट्रिय सोसाइटीहरूले सम्बन्धित सरकारको मानवीय सेवा कार्यमा सहयोग र सम्बन्धित राष्ट्रको ऐन (कानून पालना गर्दा आफ्नो स्वायत्तता सदा काम गर्नै पर्छ जसबाट रेडक्रस अभियानका आधारभूत सिद्धान्तअनुरुप काम गर्न ती निकायहरु सदैव सक्षम हुन सकुन् ।

स्वयम् सेवा :[सम्पादन गर्नुहोस्]

रेडक्रस स्वेच्छाले अरुको भलाई गर्ने अभियान भएकाले कुनै पनि किसिमको लाभको इच्छाबाट प्रेरित हुँदैन ।

एकता :[सम्पादन गर्नुहोस्]

एउटा मुलुकमा एउटै मात्र रेडक्रस अथवा रेडक्रिसेण्ट सोसाइटी हुन सक्दछ । यो सबैका लागि खुला हुनै पर्छ । यसले आफ्ना मानवीय कार्यहरु देशभरि सञ्चालन गर्नै पर्छ ।

विश्वव्यापकता :[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान विश्वव्यापी छ जसमा सबै सोसाइटीहरूको समान सम्मान हुन्छ र सबैले एक(आपसमा सहयोग गर्ने समान दायित्व र कर्तव्य पालना गर्दछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]