फाल्गुनन्द गाउँपालिका
फाल्गुनन्द
Falgunanda | |
---|---|
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | पाँचथर जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | बृज हाङ आङदेम्बे (नेपाली काँग्रेस) |
• उपाध्यक्ष | ठाकुर सिं नेम्बाङ (ने क पा, माओवादी केन्द्र) |
• प्रमुख प्रशासकीय अधिकृत | निर्मल तुम्रोक |
क्षेत्रफल | |
• जम्मा | १०७.५३ किमी२ (४१.५२ वर्ग माइल) |
जनसङ्ख्या (२०७३) | |
• जम्मा | २४,०६० |
• घनत्व | २२०/किमी२ (५८०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-२४ |
केन्द्र | साविकको फाक्तेप गाविसको कार्यालय |
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पाँचथर जिल्लामा साविकका नवमीडाँडा, इम्बुङ, पौवासर्ताप, चिलिङदिन, आङसराङ र फाक्तेप गाउँ विकास समितिहरूलाई समेटेर फाल्गुनन्द गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २४,०६० रहेको छ । यसको क्षेत्रफल १०७.५३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको फाक्तेप गाविसको कार्यालयमा राखिएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।