आइफोन फाइभ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(आइफोन ५बाट अनुप्रेषित)
आइफोन ५
आइफोन ५ को अगाडिको भाग
निर्माताएप्पल कम्पनी
शृंखलाआइफोन
पूर्ववार्तीआइफोन ४ एस
किसीमस्मार्टफोन
तथ्याङ्क निविष्टिमल्टी-टच टचस्क्रिन डिस्प्ले अन्य
वेबसाइटwww.apple.com/iphone-5/

आइफोन फाइभ एप्पल कम्पनीले सन् २०१२ , सेप्टेम्बर १२ तारिकका दिन सार्वजनिक गरेको स्मार्ट फोन हो। यो फोन अहिले सम्मकै भरपर्दो , हलुका , र हाई रिजोल्युसन भएको फोन रहेको कम्पनीको दाबी छ । यसको स्क्रिनको आकार ४ इन्चको छ भने १६:९ इन्चमा फोटो र भिडियो हेर्न मिल्छ । यो फोनमा अहिले सम्मकै सबै भन्दा छिटो काम गर्ने प्रोसेसर राखिएको छ जसलाई ए.सिक्स चिप भनिन्छ । आइफोन फाइभ लाई सिक्थ जेनरेसन को श्रेणीमा राखिएको छ। आइफोनको पछिल्लो सँस्कारण आइफोन फोर एसलाई उछिन्दै यसले धेरै प्रयोगकर्ताको मन जित्न सफल भएको थियो । एप्पल कम्पनीले ल्याएको यस आइफोन फाइभमा आउने ओक्टुबरमा आई.ओ.एस. ७ बजारमा ल्याऊँदै छ। यो एप्पल कम्पनीको आफ्नै ओपरेटीङ्ग सिस्टम हो जसलाई क्लोज्ड सिस्टम भनिन्छ।

इतिहास‍[सम्पादन गर्नुहोस्]

आइफोन फोर एस बजारमा आउने बित्तिकै आइफोन फाइभको हल्ला सुरु भइसकेको थियो। सन् २०१२ जुन ३० तारिकका दिन, यस फोन बजारमा आउने मिति र यसको बनौटको बारे अनुमान गरिएको थियो। तर सन् २०१२ सेप्टेम्बर ४ तारिकका दिन एप्पल कम्पनीले यरबा बुएना सेन्टर उर दि आर्टस्, सन फ्रान्सिस्कोमा एउटा कार्यक्रम आयोजना गर्ने घोषणा गर्यो। सेप्टेम्बर १२, २०१२ का दिन यस फोन सार्बजनिक गरिने भन्दै कम्पनीले विभिन्न मिडियालाई निमन्त्रणा दिएको थियो।

सेप्टेम्बर २१ मा जब आइफोन फाइभको माग आकाशियो, त्यस बेला यस फोनलाई "एक्स्ट्रा अर्डिनरी" नाम दिईयो। यस स्मार्ट फोन जब औपचारिक रूपमा बजारमा ल्याईयो, त्यस बखत सामसुङ्ग कम्पनीले आफ्नो फोनको रुप र ढाँचा लगायत सोफ्टवेर एप्पलले स्विक्रिति बिना प्रकाशित गरेको भन्दै मुद्दा पनि हालेको थियो। यस आइफोन फइभ मा पाहिलेका सेटहरु भन्दा धेरै सुबिधाहरु थपिएको छ। गुगलको 'गुगल म्याप्स' भने यस फोनमा पाइँदैन। यसैको प्रतिफल स्वरुप आइफोन फइभ ले धेरै नकारात्मक प्रतिक्रियाहरु पायो।

आइफोन फाइभ सार्वजनिक गरिएकै दिन एप्पलले आइपोड नानोआइपोड टच पनि बजारमा ल्याएको थियो। उक्त कार्यक्रममा एप्पलले सेप्टेम्बर १४, २०१२ देखि नै बुकिङ्ग खुल्ला रहने पनि जानकारी गरायो। २४ घण्टा नबित्दै २० लाखको हाराहारिमा बुकिङ्ग भयो। यसरी बुकिङ्ग गरिँदा यो भन्दा अघिल्लो सँस्करणको फोन, आइफोन फोर एस को पनि रेकर्ड तोडिएको कम्पनीको दाबी छ। आएफोन फोर एसको बिक्री तिन दिनमा ५० लाख पुगेको थियो।

नोभेम्बर ३०, २०१२ मा एप्पलले आइफोन फाइभको अन्लक्ड भर्सनपनि बजारमा ल्यायो जसको मुल्य ६४९ अमेरिकी डलर हुन आउँछ।

मुख्य बिषेशता[सम्पादन गर्नुहोस्]

आइफोन फाइभको मुख्य विशेषता भनेको यसमा भएको आइ.ओ.एस. नामक मोबाइल ओपरेटिङ्ग सिस्टम हो। यसको इन्टरफेस डाइरेक्ट म्यानिपुलेसनमा आधारित छ भने यसमा मल्टि-टच गेस्चर्सको सुबिधा पानि राखिएको छ। यसमा समावेश गरिएको इन्टरफेसले स्लाईडिङ्ग, स्विचेस र बटन्सहरूलाई कन्ट्रोल गर्छ। गेसचर्सले स्वाइप, ट्याप, पिन्च र रिभर्स पिन्च गर्न मदत पुर्याउँछ। त्यसैगरि, यसमा इन्टरनल एक्सेलेरोमिटर्स राखिएको छ जसका कारण केहि एप्सहरुका लागि कमान्ड गर्ने काम गर्छ।

आइफोन फाइभ आइ.ओ.एस. सिक्ससँगै बजारमा ल्याइएको थिइयो जुन सेप्टेम्बर १९ तारिकका दिन सर्वसाधारणका प्रयोजनका निम्ति उपलब्ध गराइयो। यो फोनले हटस्पटको पनि काम गर्दछ जसका मदतले इन्टरनेट प्रयोगकर्ताहरूले वाइ-फाइ, ब्लुतुथ अथवा यु.एस.बि. मार्फत आफ्नो मोबाइलको नेट बाँड्न सक्छन।

पकड क्षमता[सम्पादन गर्नुहोस्]

   आइफोनले गर्न सक्ने १५ अनौठा काम, जुन तपाईलाई थाहा नहुन सक्छ

हामी आइफोन दिनमा सयौंपटक प्रयोग गर्छौं, फोन गर्न, म्यासेज गर्न र तस्वीर खिच्न र इन्टरनेट चलाउन । तर, आइफोनमा तपाईको दैनिकीलाई सहज बनाउन र फोन प्रयोगको अनुभवलाई अतुलनीय बनाउन धेरै रोचक फिचरहरु राखिएको छ जसबारे तपाईँलाई अहिलेसम्म थाहा नहुनसक्छ । कतिपय यस्ता फिचर सेटिङ अप्सनभित्र निहीत छन त कतिपय होम स्क्रिन स्लाईड गरेर पनि प्रयोग गर्न सकिन्छ । आउनुहोस् आज हामी तपाईँलाई यस्तै फिचरबारे जानकारी दिंदै छौं ।

१. स्क्रिन नखोली म्यासेज रिप्लाई गर्नुहोस्
  आइफोनको स्क्रिन लक नखोली पनि तपाईले प्राप्त म्यासेजको रिप्लाई दिन सक्नुहुन्छ । यसका लागि तपाईले आइफोन स्क्रिनको सवैभन्दा माथिल्लो भागबाट स्क्रिन डाउन गरी नोटिफिकेसन खण्डमा जान सक्नुहुन्छ । यहाँ तपाईले म्यासेज रिप्लाई अप्सन देख्नुहुनेछ । त्यसलाई केहीबेर थिचेपछि तपाईले रिप्लाई गर्न सक्नुहुन्छ । यसका लागि स्क्रिन अनलक गरिराख्नु पर्दैन् ।
  
 २. कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ थाहा पाउनुहोस्

सधैभन्दा किन आइफोनको ब्याट्री चाँडो सकिइरहेको छ भन्ने थाहा पाउन चाहनुहुन्छ ? यसका लागि तपाईले सेटिङमा गएर ‘जनरल’ भित्र ‘युजेज’ अप्सन खोल्नुहोस् । त्यहाँ भित्र तपाइँले ब्याट्री युजेज अप्सन हेर्नुभयो भने कुन एपले धेरै ब्याट्री खपत गरिरहेको छ भन्ने प्रस्ट जानकारी दिने छ । iphone tips 2 ३. पठाएका अडियो र भिडियो म्यासेज दुई मिनेटमै हराउने बनाउनुहोस्

तपाईँले आफ्नो साथीलाई पठाएका अडियो वा भिडियो सन्देश दुई मिनेटभित्रै नष्ट हुने बनाउन चाहानुहुन्छ भने आइफोनमा यो सुबिधा उपलब्ध छ । यसका लागि तपाईँले सेटिङभित्र म्यासेज अप्सनमा जानुभयो भने त्यहाँ अडियो र भिडियोका लागि अप्सन पाउनुहुनेछ । त्यहाँ तपाईले दुई मिनेटभित्र म्यासेज नष्ट हुने सेवा क्रियाशिल गर्ने अप्सन देख्नुहुनेछ । iphone tips 3 ४. आफ्नो लोकेसन साथीलाई सेयर गर्नुहोस् यदि तपाईँ साथीसँग म्यासेजमा कुरा गर्दै हुनुहुन्छ र आफ्नो लोकेसनबारे नक्सासहित जानकारी दिन चाहानुहुन्छ भने आइफोनमा यो सुबिधा उपलब्ध छ । त्यसका लागि म्यासेजको सवैभन्दा माथि दाहिनेपट्टी रहेको ‘डिटेल’ अप्सन छान्नुहोस् । त्यहाँ तपाईले ‘सेण्ड माइ लोकेसन’ अप्सन छान्न सक्नुहुन्छ । iphone tips 4

५. आफू बसेको लोकेसनबारे साथी र परिवारलाई थाहा दिनुहोस् यदि तपाई आफू कहाँ-कहाँ यात्रा गरिरहेको छु भन्ने सूचना आफ्ना साथी वा परिवारलाई दिन चाहानुहुन्छ भने तपाईले अघिल्लो अप्सनमा भनिएजस्तै प्रकृया फलो गर्नुहोस् । मात्र ‘सेण्ड माई लोकेसन’ को सट्टा ‘सेयर माई लोकेसन’ अप्सन छनौट गर्नुहोस् । लोकेसनको सूचना एक घण्टा, दिनभरी वा सधैभरीका लागि दिनेगरी बिकल्प सेट गर्न सकिन्छ । iphone tips 5

६. निश्चित ब्यक्तिको म्यासेज नआउने बनाउनुहोस् तपाईँले कुनै खास साथीबाट निश्चित समयका लागि म्यासेज नोटिफिकेसन नआउने बनाउन सक्नुहुन्छ । त्यसका लागि तपाई म्यासेज थे्रडमा गएर ‘डु नट डिस्टर्व’ मोड अन गर्न सक्नुहुन्छ । अब सो ब्यक्तिले पठाएको म्यासेज नोटिफिकेसन तपाईको मोबाइल आउने छैन् । iphone tips 6

७. सामूहिक म्यासेजबाट बाहिरिनुहोस् ग्रुप एसएमएस एकैपटक धेरै साथीमाझ पुग्नका लागि सजिलो उपाय हो तर कहिलेकाहीं यो दिक्क लाग्दो पनि हुनसक्छ । यदि तपाई यस्तो सामूहिक एसएमएस संजालबाट बाहिरिन चाहनुहुन्छ भने म्यासेज डिटेलमा गएर ‘लिभ कन्भरसेसन’ अप्सन छान्नुहोस् । iphone tips 7

८. ग्रुप एसएमएसको नामाकरण गर्नुहोस् यदि तपाई कुनै खास मानिसहरूसँग साझा विषयमा सामूहिक छलफल गर्न म्यासेज प्रयोग गरिरहनुभएको छ भने हरेकलाई म्यासेज फरवार्ड र कम्पोज गरिरहनुभन्दा ग्रूपमा पठाउन सजिलो हुन्छ । यस्तो ग्रूपलाई तपाईँले नामाकरण गर्न सक्नुहुन्छ । जस्तो कि कलेजका साथीहरूसँग एउटा ग्रुप, कार्यालय सहकर्मीसँग छलफल गर्न अर्को ग्रुप आदि । ग्रुप नामाकरणका लागि ग्रूपको डिटेलभित्र गएर सवैभन्दा माथि रहेको खाली ठाउँमा ग्रुप नेम राख्न सकिन्छ । iphone tips 8

९. म्यासेज फरवार्ड गर्नुहोस् पहिलोपटक आइफोन प्रयोग गर्नेहरुका लागि सवैभन्दा दिक्क लाग्ने विषय हो- आइफोनमा सजिलैसित म्यासेज फरवार्ड अप्सन नभेटिनु । त्यसका लागि तपाईले इनबक्समा प्राप्त एसएमएसमाथि एकछिन प्रेस गर्नुभयो भने ‘मोर’ भन्ने अप्सन देख्नुहुने छ । मोरमा थिचेपछि तपाईको म्यासेजमा ठिक चिन्ह लागेको देखिने छ र त्यसको तलतिर फरवार्ड चिन्ह देख्नुहुनेछ । फरवार्ड चिन्ह थिचेपछि नम्बर टाइप गर्ने अप्सनमा पुग्नुहुनेछ । iphone tips 9

१०. तपाईँ कहाँकहाँ पुग्नुभयो ? नालीबेली हेर्नुहोस् तपाईर्ं बिगत एक महिनायता कहाँ कहाँ जानुभयो ? यदि त्यसको जानकारी लिन मन छ भने आइफोनले सवै बताइदिने छ । तर, तपाईँको फोनको लोकेसन सर्भिस भने अन भएको हुनुपर्छ । यसका लागि सेटिङ अन्र्तगत प्राइभेसीभित्र लोकसेन सर्भिसमा गई फि्रक्वेन्ट लोकेसन छनौट गर्नुहोस् र हिस्टि्र सेक्सन हेर्नुहोस् । अब तपाईले कुन कुन ठाउँमा कतिपटक पुग्नुभयो सवै देख्न सक्नुहुन्छ । iphone tips 10

११. फोनको वास्तविक सिग्नल थाहा पाउनुहोस् सामान्यतयाः तपाईको फोन स्त्रिनको टपमा देखिने टावरको चिन्ह हेरेर तपाईको फोनमा कति बलियो सिंग्नल छ भन्ने थाहा पाउनुहुन्छ । तर, यस्तो सिग्नल सधै सही नहुन सक्छ । यदि तपाईले सही सिग्नल स्ट्रेन्थ थाहा पाउन मन छ भने फोन डायलरमा गएर एउटा फमूला डायल गर्नुपर्छ ।

  • 3001#12345#* यो नम्बर डायल गरेर कल गर्नुभयो भने एउटा विन्डो खुल्ने छ जहाँ बायाँपट्टी सवैभन्दा माथि तपाईले एउटा अंक देख्नुहुनेछ । अक्सर माइनसबाट सुरु हुने यो अंक माइनस ४० देखि माइनस १३० सम्मको रेन्जमा देखिन्छ । यदि माइनस ४० देख्नुभयो भने त्यो सवैभन्दा बलियो सिंग्नल हो, यदि धेरै अंक वा अधिकमा १३० सम्म देख्नुभयो भने त्यो सवैभन्दा कमजोर सिंग्नल हो ।

iphone tips 11

१२. फोन हल्लाउनुहोस्, म्यासेज सच्चाउनुहोस् यदि तपाईले कुनै म्यासेज लेखिरहनुभएको छ र त्यो गल्ती भयो भने सच्चाउनका लागि सजिलो तरिका छ । फोन हल्लाउनुभयो भने यसले सोध्नेछ तपाईले अन डु अर्थात मेटन चाहानुहुन्छ भनेर । iphone tips 12

१३. ब्याट्रीलाई छिटो चार्ज गर्नुहोस् आइफोनमा सामसुङमा जस्तो बुष्ट चार्जर सुबिधा छैन जसले गर्दा सामान्यतयाः अन्य फोनभन्दा आइफोन चार्जका लागि बढि समय लाग्न सक्छ । तर, तपाईले आइफोनलाई एरोप्लेन मोडमा लगेर अर्थात् फोनको सिग्नल अफ गरेर चार्ज गर्नुभयो तुलनात्मकरूपमा छिटो फोन चार्ज हुने छ । iphone tips 13 १४. भोल्युम बटनले फोटो खिच्नुहोस् आइफोनमा रहेको यो सवैभन्दा आर्कषक फिचर हो जुन तपाईले थाहा नपाउनुभएको हुनसक्छ । ठूलो साइजको आइफोनबाट सेल्फी लिंदा अलिक असजिलो हुनसक्छ फाटो खिच्ने बटन थिच्न । यस्तो अबस्थामा साइडमा रहेको भोल्युम बटन थिचेर पनि सजिलोसित सेल्फी खिच्न सकिन्छ ।iphone tips 14

१५. एकैपटकमा १० वटासम्म फोटो खिच्नुहोस् सामान्यतया गुडिरहेको बस्तु खिच्दा वा हुलमुलमा खिचेको फोटो बिग्रने डर हुँदा एकैपटक मल्टिपल सट खिच्नुपर्ने हुन्छ । सामान्यतयाः महंगा डीएसएलआर क्यामेरामा मात्र यस्ता सुबिधा उपलब्ध हुन्थे । तर, अब तपाईले आइफोनबाटै एक सेकेण्डमा १० भन्दा बढि तस्वीर खिच्न सक्नुहुन्छ । यसका लागि तपाईले फोटो खिच्ने बटन थिचिराख्नुपर्छ । ब्रस्ट फोटोका रूपमा यी तस्वीरु तपाईको मोबाइलमा सेभ हुनेछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]