सामग्रीमा जानुहोस्

विकिपिडिया:विकिपिडियाको बारेमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाईले समेत) यसलाई परिवर्तन गर्न सक्नु हुनेछ।

विकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडियाबाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको २९,२७९ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल १ करोड भन्दा बढी लेखहरू छन। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन्।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ। तपाईले लेख्नुभएका कुराहरू तपाईकै सम्पति रहन्छन र प्रतिलिपिछुट अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्।

विकिपिडिया प्रयोग

विकिपिडियामा योगदान

सम्पर्क गर्न