डेङ्गी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(डेङ्गु बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
डेङ्गी
डेङ्गीका कारणले देखिएको रातो दाग
डेङ्गीका कारणले देखिएको रातो दाग
वर्गीकरण तथा बाह्य सामग्रीहरू
उच्चारण युके /ˈdɛŋɡ/ or युएस /ˈdɛŋɡ/
अन्य नामहरू डेङ्गी, हड्डीतोड ज्वरो
विभाग सङ्क्रामक रोग
आइसिडी-१० A90.
आइसिडी-९ सिएम 061
ओएमआइएम 614371
डिजिज-डिबी 3564
मेडलाइन प्लस 001374
इ-मेडिसिन med/528
प्यासेन्ट युके डेङ्गी
एमई-एसएच C02.782.417.214

डेङ्गी (गल्तीले डेङ्गु पनि लेखिने) ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो। यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ।[१] सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।[२] यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्।[१][२] यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ।[१] केही बिरामीहरूमा यो रोग विकसित (डेङ्गी हेमोरेजिक फिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ। यो अवस्थामा रक्तस्राव हुने मात्र नभइ रगतमा प्लेटेलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ। त्यस्तै डेङ्गीको अर्को विकसित रूप डेङ्गी सक सिन्ड्रोम पनि हो। यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ।[२]

डेङ्गी धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ।[१] यो रोगका भाइरसहरू पाँच प्रकारका छन्।[३] यी मध्ये कुनै एकको सङ्क्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ। तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ। एकपछि अर्को गरी लगातार हुने सङ्क्रमणले गम्भीर जटिलताको खतरालाई बढावा दिन्छ।[१] डेङ्गीको पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन्। यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गीको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ।[२]

केही देशहरूमा डेङ्गीको सङ्क्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन।[४] डेङ्गीबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।[१] यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावस्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ। भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गी छ भने मुखबाट वा नसाबाट(इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ। गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवस्यक हुन सक्छ।[२] यो रोगका कारण प्रत्येक वर्ष करीब पाँचलाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन्।[१] डेङ्गी लागेको बेलामा इबुप्रोफिन जस्ता नन्स्टेरोइडल एन्टि इन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन।[२]

डेङ्गी दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी समस्या बनेको हो। हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ।[५][६] प्रत्येक वर्ष यो रोगका कारण करीब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरू बिरामी पर्ने गरेका छन्। जसमध्ये करीब दसहजारदेखि बीसहजार मानिसहरूको मृत्यु हुने गरेको छ।[७][८][९][१०] डेङ्गीको महामारीको बारेमा सन् १७७९ लिखित तथ्य भेटिएको छ।[६] यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको तथ्य बीसौँ सताब्दीमै पत्ता लागेको थियो।[११] लामखुट्टेको निर्मुल पार्न असम्भव जस्तै भएकोले सिँधै भाइरसलाई नियन्त्रण गर्ने औषधिहरूको बारेमा पनि अध्ययन भइरहेको छ।[१२]

लक्षण तथा चिह्नहरू[सम्पादन गर्ने]

सfमान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएका करीब ८० प्रतिसत मानिसहरूमा रोगका कुनै लक्षणहरू देखिँदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन्।[७][१३][१४] सङ्क्रमित मध्ये करीब ५ प्रतिसत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गी लाग्ने गर्दछ भने ती मध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन्।[७][१४] यो रोग छिप्पिन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ।[१५] त्यसैले डेङ्गीको जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन।[५] प्रायजसो बालबालिकाहरूमा डेङ्गीको सङ्क्रमण हुँदा सामान्य रुगा तथा सङ्क्रामक पखाला (ग्यास्ट्रोइन्टेराइटिस) भएको जस्तै लक्षणहरू देखिने गर्दछन्।[१६] त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ।[५][१७] सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्छ।[१७]

क्लिनिकल कोर्स[सम्पादन गर्ने]

डेङ्गीको पहिचानका लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने, टाउको दुख्ने (साधारणतया आँखाको पछाडि दुख्ने) मांसपेसी तथा जोर्नी दुख्ने आदि हुन्। डेङ्गीका रोगीहरूको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो (अङ्ग्रेजीमा ब्रेकबोन फिबर) पनि भन्ने गरिन्छ।[७][१८] यो रोग लागेको अवधिलाई तीन चरणमा विभाजन गरिएको छ: लक्षणहरू सुरु हुने अवस्था (फेब्राइल), गम्भीर अवस्था (क्रिटिकल) तथा निको हुने अवस्था (रिकभरी)।[१९] लक्षण सुरु हुने अवस्थामा ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेन्हाइट) भन्दा पनि उच्च ज्वरो आउने, शरीरमा पीडा महशुस हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू देखिन्छन्। यो अवस्था प्राय जसो दुईदेखि सात दिनसम्म रहने गर्दछ।[१९][१८] वाकवाकी लाग्ने तथा बान्ता हुने पनि हुन सक्छ।[१७] डेङ्गीको सङ्क्रमण भएका ५०-८०% बिरामीहरूमा लक्षण देखिन सुरु भएको पहिलो वा दोस्रो दिनमा छाला रातो तथा तातो हुने समस्या देखा पर्ने गर्दछ।[१८][२०] पछि बढ्दै गएर दादुरा लागेको जस्तो ससाना फोकाहरू देखा पर्छन।[२०][२१] रातोको बिचमा सेतो हुने फोकाहरू पनि देखिन सक्छ। यस्ता फोकाहरूलाई अङ्ग्रेजीमा 'आइस्ल्यान्ड अफ ह्वाइट इन अ सी अफ रेड' ( रातो समुद्रमा गोराहरूको टापु) भन्ने गरिन्छ।[२२] यो अवस्थामा शरीरमा हुने केशिकाहरू फुटेर छालामा ससाना राता थोप्लाहरू (अङ्ग्रेजीमा पिटिकी भनिने) देखा पर्ने र मुख तथा नाकका म्युकस मेम्ब्रेनबाट सामान्य रक्तस्राव हुने जस्ता लक्षणहरू पनि देखापर्न सक्छ।[५][१८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  2. २.० २.१ २.२ २.३ २.४ २.५ Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  3. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  4. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  5. ५.० ५.१ ५.२ ५.३ Lua error in Module:Citation/CS1 at line 1698: attempt to call upvalue 'is_wikilink' (a nil value).
  6. ६.० ६.१ Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  7. ७.० ७.१ ७.२ ७.३ Lua error in Module:Citation/CS1 at line 1698: attempt to call upvalue 'is_wikilink' (a nil value).
  8. Lua error in Module:Citation/CS1 at line 1698: attempt to call upvalue 'is_wikilink' (a nil value).
  9. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable. open access publication - free to read
  10. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  11. Lua error in Module:Citation/CS1 at line 1698: attempt to call upvalue 'is_wikilink' (a nil value).
  12. Lua error in Module:Citation/CS1 at line 1698: attempt to call upvalue 'is_wikilink' (a nil value).
  13. WHO (2009), pp. 14–16.
  14. १४.० १४.१ Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  15. Gubler DJ (2010). "Dengue viruses". Desk Encyclopedia of Human and Medical Virology. Boston: Academic Press. pp. 372–82. ISBN 0-12-375147-0 . https://books.google.com/books?id=nsh48WKIbhQC&pg=PA372. 
  16. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  17. १७.० १७.१ १७.२ Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  18. १८.० १८.१ १८.२ १८.३ Lua error in Module:Citation/CS1 at line 1698: attempt to call upvalue 'is_wikilink' (a nil value).
  19. १९.० १९.१ WHO (2009), pp. 25–27.
  20. २०.० २०.१ Wolff K, सं (2009). "Viral infections of skin and mucosa". Fitzpatrick's color atlas and synopsis of clinical dermatology (6th संस्करण). New York: McGraw-Hill Medical. pp. 810–2. ISBN 978-0-07-159975-7 . 
  21. "Tropical medicine". Atlas of emergency medicine (3rd संस्करण). New York: McGraw-Hill Professional. 2010. pp. 658–9. ISBN 0-07-149618-1 . 
  22. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Gould