थारू संस्कृति
नेपालमा बसोबास गर्ने एक प्रमुख जाति थारू जातिको आफ्नै सांस्कृतिक पहिचान रहेको छ।
थारू जाति देशका विभिन्न ठाउँमा छरिएर रहेका छन्। त्यसैले ठाउँ अनुसार उनीहरूको संस्कृतिमा केही भिन्नता पाइन्छ।
पर्सा जिल्लाका थारू जातिको संस्कृति
[सम्पादन गर्नुहोस्]थारुजाती लाई नेपालको आदिवासी भनेर चिनिन्छ| जसअनुसार यस पर्सा जिल्लामा कुल जनसङ्ख्याको आधारमा विश्लेषण गर्दा करिब ४०% को हाराहारीमा थारुहरूको बसोबास छ| पूर्वमा त्रिभुवन राजपथ र उत्तरमा सुर्य हिम्श्रीन्खला (चुरे पर्वत) र पश्चिममा ओरिया खोला भारतको पश्चिमी चम्पारण जिल्लासँग जोडिएको सिमानामा थारुको बसोबास छ|
भाषा
[सम्पादन गर्नुहोस्]थारुहरूले बोल्ने मुख्य भाषालाई थारु भाषा भनिन्छ|
धार्मिक स्थल
[सम्पादन गर्नुहोस्]यस जिल्लाको धार्मिक स्थलमा राम्भौरी भट्टाअन्तर्गत धुधेश्वोर महादेव मन्दिर छ भने सेढवा गाबिस अन्तर्गत जिरा भवानीको मन्दिर छ | सोमा थारुहरूको अधिकांस धार्मिक आस्था रहेको देखिन्छ|
पहिरन
[सम्पादन गर्नुहोस्]पहिरनको हिसाबले भन्नुपर्दा थारुहरूले लगाउने भेषभुषामा, लोग्ने मान्छेले लागाउनेमा मर्दानी (धोति) र कमिज, महिलाहरूले लगाउनेमा साडी र आहिलेको बदलिदो परिस्थिति आनुसार हालको समयमा केटाकेटिहरूले लगाउने पोसाकमा प्यान्ट, सर्ट र कुर्ता सुरुवाल हुन्|
गरगहना
[सम्पादन गर्नुहोस्]गरगहनामा महिलाले लगाउने नाथिया, माँगटिका, हसुली, डरकस, पाउजु, चंद्रहार आदि हुन्|
चाडपर्व
[सम्पादन गर्नुहोस्]माघमा मानिने माघे पर्व थारुहरूको महत्त्वपूर्ण पर्व हो| यसदिनलाई नयाँवर्षको रूपमा मनाइन्छ भने आन्या पर्वहरु मनाउनेमा चैत्र महिनामा मनाइने पर्व घाटो (गौर पर्व) , झम्टा त्यस्तै झिझिया, फागु, छठ र तिहार पनि हुन्|
==खाना==थारुहरूको शाही खानालाई घोङ्गइ भनिन्छ| त्यस्तै गंगटो, माछा र पिठा (ढिक्रि,फुलौरी,खँरिया) पनि प्रमुख खानाहरुका रुपना मानिने गरिन्छ।
छठीयार(birth rituals)
[सम्पादन गर्नुहोस्]संकृति आनुसार हेर्नुपर्दा यस समुदायमा जन्मिने बच्चाहरूको ६ दिनपछि मानिने पर्वलाई छठीयार भनिन्छ।
बैवाहिक सम्बन्धक
[सम्पादन गर्नुहोस्]पुरानो रिती आनुसार स-सानामा बिवाह गर्ने चलन थियो तर हाल आएर नयाँ रिति आनुसार २० वर्ष उमेर पुगेपछि मात्र बिवाह गर्ने भान्ने थारु कल्याण कार्यालयले नियम बनाएको छ|
पेशा
[सम्पादन गर्नुहोस्]थारु हरूको मुख्य पेशामा कृषिलाई बढी मानिने गरिन्छ| कृषिको साथै हाते बुनाई (जस्तै स्वेटर, टोपी, मोजा, ढकीया आदि ) लाई संस्कृतिक पेसाको रूपमा लिइन्छ भने माछा पालन परम्परागत पेशा हो । तर हालायेरा थारु जातीका मानिसहरु औध्योगिक पेशातिर आकर्षित भएको देखिन्छ| साथ साथै हस्तकलालाई जिबिकोपार्जनको रूपमा पनि विकसित हुने क्रम जारी छ।
थारु कल्याण कार्यालय
[सम्पादन गर्नुहोस्]थारु सामाजलाई आगाडी बधाउन प्रोत्साहन गर्ने क्रममा थारु कल्याण कार्यालय नामक संस्थाको स्थापना पनि गरिएको छ|