सामग्रीमा जानुहोस्

दासप्रथा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दास प्रथाबाट अनुप्रेषित)

दासत्व भनेको सम्पत्तिको रूपमा व्यक्तिको स्वामित्व हो, विशेष गरी उनीहरूको श्रमको सन्दर्भमा।[] दास प्रथा भनेको मानिसलाई पशुसरह किनबेच गरि विभिन्न कामहरूमा लगाउने अमानविय क्रियाकलाप हो।

विश्वमा दास प्रथाको इतिहास

[सम्पादन गर्नुहोस्]

दासप्रथा मानव समाजको एउटा अपरिहार्य अवस्था थियो । यसको जन्म तत्कालीन उत्पादक शक्तिहरूको आवश्यकताहरूको अनुकूल थियो । दास समाजमा युद्धबन्दीहरूलाई सामूहिक रूपमा मृत्युदण्ड दिइँदैनथ्यो । त्यसको बदलामा उनीहरूलाई काम गराउनका निम्ति जीवित राखिने गर्थ्यो । यो उत्पादनको विकासमा सहायक थियो । दासमालिकसँग ठूलो मात्रामा उत्पादनका साधन र श्रम विद्यमान हुनाले ठूलो परिमाणमा उत्पादन र सहकार्यलाई सङ्गठित गर्न सम्भव भयो ।

दासप्रथा बिगतका केही समय धेरै समाजमा बैध थियो, तर अहिले सबै देशहरूमा यो गैरकानुनी छ।[][] आधिकारिक रूपमा दासप्रथा अन्त्य गर्ने अन्तिम देश मौरिटानिया थियो जहाँ १९८१ मा दासप्रथा अन्त्य भयो। अहिले पनि अनुमानित ४.०३ करोड मानिसहरु आधुनिक दास भएको मानिन्छ।[] आधुनिक दास किनबेच को सबैभन्दा प्रचलित रुप भनेको मानव बेचबिखन हो। अन्य क्षेत्रमा दासप्रथा (वा बेगार) कमलरी, अझै चलिरहेको छ,[] कमैया,यौन दासत्व घरेलु कामदार kept in captivity, certain adoptions in which children are forced to work as slaves, बाल सैनिक, and जबर्जस्ती बिबाहको रूपमा बालबालिकाहरू दासको रूपमा काममा लगाइएका छन्.[]

नेपालमा दास प्रथाको इतिहास

[सम्पादन गर्नुहोस्]

नेपालमा दास प्रथाको इतिहास निकै पुरानो छ। नेपालमा विभिन्न नामहरूबाट दास प्रथा विध्यमान अवस्थामा रहेका थिए। जस्तै: कमैया प्रथा, हलिया प्रथा आदि। तर सबै प्रथाहरू मानिसहरूको अमानविय शोषणमा नै केन्द्रित थिए।

नेपालमा आधिकारिक रूपमा वि.सं. १९८१ मा तत्कालिन प्रधानमन्त्री चन्द्र समशेरले दास प्रथाको अन्त्यको घोषणा गरेका थिए। जुन घोषणासंगै नेपालबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरू मुक्त भएका थिए। तर पनि कमैया प्रथा र हलिया प्रथा भने विध्यमान अवस्थामा नै थियो। पछि आएर वि.सं. २०५७ साउन २ गते कमैया प्रथा अन्त्य भयो। साथै वि.सं.२०६५ भदौ २१ गते हलिया प्रथा अन्त्य भयो। यसरी नेपाललाई दासमुक्त देश बन्न भने धेरै समय लागेको अनुमान गर्न सकिन्छ।1,त्रिशूल्ली डामि र राणाहरूसँग मुक्त गरायो।

भिक्षा खोरी मा व्यवस्थापन गर्न । अभिलेखमा राख्न गञ्जा समूहमा अभिलेख गन्ज भनिन्छ ।

  1. Allain, Jean (२०१२), "The Legal Definition of Slavery into the Twenty-First Century", in Allain, Jean, The Legal Understanding of Slavery: From the Historical to the Contemporary, Oxford: Oxford University Press, पृ: 199–219, आइएसबिएन 978-0-19-164535-8 
  2. Kevin Bales (२००४), New Slavery: A Reference Handbook, ABC-CLIO, पृ: ४, आइएसबिएन 978-1-85109-815-6, अन्तिम पहुँच फेब्रुअरी ११, २०१६ 
  3. White, Shelley K.; Jonathan M. White; Kathleen Odell Korgen (२०१४), Sociologists in Action on Inequalities: Race, Class, Gender, and Sexuality, Sage, पृ: ४३, आइएसबिएन 978-1-4833-1147-0 
  4. "Findings Global Slavery Index 2016", २०१६, अन्तिम पहुँच २ फेब्रुअरी २०१८ 
  5. उद्दरण त्रुटी: अवैध <ref>चिनो; newint नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  6. "Religion & Ethics – Modern slavery: Modern forms of slavery", BBC, जनवरी ३०, २००७, अन्तिम पहुँच जुन १६, २००९