सामन्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बुर्जुवाबाट अनुप्रेषित)

बुर्जुवा(फ्रान्सेली भाषा: [buʁ.ʒwa'zi] | अङ्ग्रेजी: /bʊərʒwɑːˈz/) फ्रान्सेली भाषाको शब्द हो । समाजशास्त्र र राजनीतिकशास्त्रमा बुर्जुवा शब्दले पूँजीपति वर्गको उपल्लो सामाजिक स्तर भएको वर्गलाई चिनिन्छ । पश्चिमा समाजमा १८औं शताब्दीको अन्त्यतिरदेखि प्रयोगमा आएको यो शब्दले कुनै मानिससँग भएको पूँजी र त्यससँग सम्बन्धित संस्कृतिको कारण गरिएको वर्गीकरण बयान गर्दछ । समकालीन शैक्षिक तथा राजनीतिक सिद्धान्त अनुसार बुर्जुवा भन्नाले पूँजीपति समाजको शासक वर्गलाई चिनिन्छ । मार्क्सवादी सिद्धान्तमा उत्पादनका साधनहरूमा यो वर्गको चिरस्थायी रूपमा स्वामित्व रहेको मान्यता राखिन्छ ।