भाषिक लिङ्ग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुनै पनि भाषामा लिङ्ग इङ्कित गर्ने भाषिक कणहरूलाई भाषिक लिङ्ग भनिन्छ।

नेपाली भाषामा[सम्पादन गर्ने]

परम्परागत रूपले नेपाली भाषामा ३ वटा लिङ्ग : पुलिङ्गी, स्त्रीलिङ्गी र नीर्जीवलिङ्गी भनेर छुट्याउने गरिन्थ्यो। हाल पुलिङ्गी र स्त्रीलिङ्गी भन्ने मात्र गरिन्छ। केही भाषाविदहरूले शून्यलिङ्गी र स्त्रीमानवलिङ्गी भन्नुपर्ने दाबि गर्छन्। किनभने नेपाली भाषामा एउटा व्याकरणात्मक लिङ्ग 'महिला मानव' जनाउन प्रयोग गरिन्छ भने ती बाहेक अरु सबैलाई एकै खाले लिङ्ग प्रयोग गरिन्छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले उनीहरूलाई पनि समावेश हुने गरी ४ वटा व्याकणात्मक/भाषिक लिङ्ग : लैङ्गिक तटस्थ, पुयोचित, स्त्रियोचित र इतरवाचक लिङ्गहरू प्रस्ताव गरेका छन्।