सामग्रीमा जानुहोस्

रोकाया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रोक्काबाट अनुप्रेषित)

रोकाया  :- रोकाया थरको उत्पत्ति

इतिहास अनुसार, रोकायाहरूको उत्पत्ति कर्णाली क्षेत्रको खसहरु राजधानी जुम्लासिंजा खस राज्यसँग निकट सम्बन्ध रहेको पाइन्छ। खस जातिको पुरानो सभ्यता, राज्य र संस्कृतिका रूपमा समृद्ध रहन गएका छन्। रोकायाहरूलाई एक समय कर्णाली क्षेत्रका शक्तिशाली राजशाही परिवारको रूपमा समेत चिनिन्थ्यो। रोकायाहरूले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा अब्बल प्रभाव राख्ने गरेका थिए। रोकाया थरको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि : रोकायाहरू शत्रुलाई (रोक -ठोक = रोकाया ) अर्थात् शत्रुलाई रोक्ने र ठोक्ने अन्यायमा परेकोलाई न्याय दिने वीर जातिको रूपमा उदय भएकाले रोकाया रहन गयो । उनीहरूले राजकीय क्षेत्रमा उच्च पदाधिकारीको रूपमा कार्यभार सम्हाल्ने भूमिका निर्वाह गरे। यसरी पछि गएर रोकाया सरकारी दर्जाबाट उत्पत्ति थर बन्न पुग्यो। रोकाया थरको उत्पत्ति र भूमिका समाजमा विशेष महत्व राख्छ भन्ने बुझिन्छ। यसरी राज्यभित्रको प्रशासन राजकीय क्षेत्रमा रहने उच्च पदाधिकारीको रूपमा राजकीय क्षेत्रमा कार्यभार सम्हाल्ने सहयोगीका रुपमा स्थापित थर हो । यसरी रोकाया थर रहन गएको हो । इतिहास अनुसार रोकाया प्रशासनको हाकिम राज्य सुधारवादी भनिन्थ्यो ।

रोकाया पनि तीन किसिमका उच्च मध्य र निम्न रहेको पाइन्छ । यिनिहरु भारतबाट नेपाल आयको किबदन्ती छ ।रोकायामा सबभन्दा उच्च रोकाया उचिधुङ्गे रोकाया हो । उच्च राजपूत चन्द्रवंशीय राजकुल घरनाको रोकाया हो । यो रोकाया पश्चिम भारत हुँदै जुम्लाको सिंजा बाट अन्यत्र सम्म बसोबास रहेको पाइन्छ । जुम्ला बाट बाजुरा कालिकोट बझाङको माझिगाउ, सुकापाटी , जिमकोट (जिम्मालहरूका बाजेको आफ्नै राज्य) दुर्गाथली ३ विजाडा र बास्काटिया सम्म अन्यत्र जिल्लाहरूमा फैलिएका छ्न ।

रोक्का वा रोका क्षेत्री,मगर तथा दलितको थर हो भने राेकाया क्षेत्री को थर हो यो थर भएका क्षेत्री हरु कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न ठाउमा बसोबास गर्दछन ! रोकाया झर्रा क्षेत्री भित्र पर्ने वीर जाति पर्छ । ठूलो खस साम्राज्यसँग सम्बन्धित एक वीर जाति हो ।

उल्लेखनीय रोकायाहरू:

  1. शैलेन्द्र रोकाया ( उचिढुङे) पत्रकार , बझाङ।
    • हंसराज रोकाया। युवा नेता दुर्गाथली ३ बझाङ।

उचिढुङगे रोकायाको वंश

[सम्पादन गर्नुहोस्]


बाङ्ग जिल्ला दुर्गाथली गाउँपालीका वडा न ३ बिजाडा रोकाया, माडको पुरानु काहानी धने रोकायाको मुख बाट । तल्ली कत्युर मल्ली कत्युर जित्यगा गोविचन्द्र राजा, देविधुर बस्दा जटीचन्द्र, गोविचन्द्र को मृत्यु भयो कियाकाज गर्न खोज्दा कतै पनि पायन देविधुरका जटी चन्द्र जे भने पनि भनेको मान्नेथिए । गोविचन्द्र को किया जटीचन्द्र बसे । क्रियाकाष्ट गरी सकेपछी जटीचन्द्र लाई धनसम्पती दिएर डाँडो कटायो । काली तरी वारी आया शुद्ध ठाउँ हेयो । दार्चुल्लाको खण्टेश्वरीमा बसे जटीचन्द्र रगुवंशबाट रोकाया बन्या तिनले त्यही विवाह गरी त्यही बसे । जेठा गुद्धम रोकाया तिन भाई जेठा व्यापारी गर्ने लाग्या । बाजको व्यापार गर्ने लाग्या बझाङ्ग जिल्ला आया । कुट्याल सौगासंग आया कस्तुरी विना र बाज लिई आयाका साड र रोकाया । डुम्रीगा तल्लागाई बावन इन्द्रजाल पडेका रैछन् । सिपाहीले बाज समायो र उडायो । गुदुम रोकायले मेरो बाज केहि उडाई भन्यो । त्यसपछि हातहालाहाल भई जनै टुटायो । तल्ला गाई बावनले तेरो बाजको र कस्तुरीको मोल म दिन्छु । भनि न्याया दियो । यस्ता माईस चाहिगा हुनाले आफुसंग लियो । बिजाडाका मुख्या बनायो । ताइबाट वाजको मोल असुल्यायो । धेरै पुस्ता भयो। लेख्या पढेका छेयाइन। एक जना माडलाई रोकायाले आफनो आनकाटीगो भाई बनायो । आजसम्म विहेवारी चलेको छैन् । त्यो झगडा भएगो कुट्याल सौगाले दार्चुल्ला खबर पुत्रायो । दार्चुल्लाबाट काईसा भाई खोजि आया । अर्को सौगासंग आया । पत्ता लाउन सकेन पणेश गया। थापासंग भैयारी भई । उईलगो जमाना पढाई लेखाई नहुनाले अर्काको अधिनमा रनिछ्या । माईसगो कमिकमजोरी थियो । तिन भाई हुन जेठा गुद्धम, माईला गिठ्या कान्छा को नाम थाहाँ थिएन । रोकायातल्ला गाईले लियो माडलाई उपल्ला राठिले लियो तनका दास भयौ । मेरो नाममा जग्गा दर्ता अरिदेउ भन्ना अरेन धेरै साल बित्यो । जित्या मुख्याको नाममा १८९० सालमा दर्ता भयो । कसै कसै को नाम चिनेका छन् बुबा साग्या, छोरा भान्या, भानेका छोरा जिते, जितेका छोरा करसिङगे, जसबिरे, कन्थया, कन्थ्याका छोरा कईले, कन्थ्याका छोरा धने रोकाया हुन । राजा कोपालामा राजा बोलाउन्या डुमरयाल बावनले बिजाडाको दुध खिरचौका जान्थ्यो । बगिन्ना भैसा को कुराउनि लैना भैसाको खिर खिरचौका बनाउने, राजाल खान्थ्ये खिरचौको यसले नाम रहेको थियो । नामः धने रोकाया बर्ष ७६