वाग्नर समूह
स्वरूप
वाग्नर समूह रुसको एक निजी सैन्य कम्पनी हो। यस कम्पनीले युक्रेन विरुद्ध युद्ध लड्नका लागि रुसलाई सैन्य बल उपलब्ध गराउँदै आएको छ।[१]रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट पूर्व सहयोगी यभगेनी प्रिगोजिन यस समूहका प्रमुख हुन्। सरुमा निजी सेना राख्न नपाइने कानुन भए पनि यो समूह गैरकानुनी रुपमै पनि अस्तित्वमा छ र सरकारले नै यसबाट सहयोग लिइरहेको छ। रुसी सेनाबाटै उसले हतियार तथा अन्य सैन्य उपकरण र तालिम प्राप्त गरिरहेको छ।[२] यो कुनै स्वतन्त्र विचारबाट निर्देशित छैन। सुडान, माली, केन्द्रीय अफ्रिकी गणतन्त्र, भेनेजुएला, सिरिया र लिबियामा पनि यस समूहको उपस्थिति छ। सन् २०२३ जुन २३ मा वाग्नर समूहले रुसी सेनाविरुद्ध विद्रोहको प्रयास गरेको थियो।