विकिपिडिया:विकी विमिन एडिटाथन २०१६

पृष्ठ सुरक्षित
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकी विमिन एडिटाथन २०१६
विकी विमिन एडिटाथन २०१६
आरम्भफेब्रुअरी ८, २०१६
समाप्तिमार्च ८, २०१६
उद्घाटन२०१५ (महिला सम्पादनथन)
सहभागीहरूविश्वभरका विभिन्न भाषीहरू
आयोजनकर्तानेपाली विकिपिडियन

विकी विमिन एडिटाथन २०१६ विकिपीडिया र विकिपीडियाका भातृ परियोजनामा समर्पित सम्पूर्ण नेपाली भाषी योगदानकर्ताहरुले स्वतन्त्रता पूर्वक सहभागिता जनाउन सक्ने विकिमिडिया समुदाय नेपालद्वारा आयोजीत नारी सम्मानमा समर्पित दोस्रो प्रतियोगीता हो । यस अघि पनि २०७१ सालको नारी दिवसको अवसर पारेर विकिमिडिया समुदाय नेपालले २०७१ फाल्गुण २४ देखि २०७१ फाल्गुण २५ सम्म दुई दिने महिला सम्पादनथन २०१५ कार्यक्रम आयोजना गरेको थियो ।

संयोजन समिति

उद्देश्य

  • नेपाली विकिपीडियामा महिला सहभागिता बढाउनु
  • नेपाली विकिपीडियामा महिला सम्बन्धि लेखहरू वृद्धि गर्नु
  • नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  • नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  • विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  • ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

कसरी सहभागी हुने

सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :

सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस । विकिपीडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् ।

नेपाली युनिकोड स्थापना

विकिपिडियामा लेखहरू युनिकोडमा लेखिनु आवश्यक छ । यदी तपाईं आफ्नो कम्प्युटरमा युनिकोड स्थापना (इन्स्टल) गर्न चाहनुहुन्छ भने तल दिइएका लिङ्कहरूबाट युनिकोड सफ्ट्वेरहरू प्राप्त गर्न सक्नुहुनेछ । तर आफ्नो इच्छा अनुसार अन्य वेबसाइट प्रयोग गरी युनिकोडमा परिवर्तन गर्न र लेख्न पनि सक्नुहुनेछ ।

लिनक्स मेसिनहरूमा :

SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।

विन्डोज मेसिनहरूमा:

मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । नेपाली युनिकोडको स्थापना गर्न थप जानकारी यहाँ पनि रहेको छ । याद राख्नुहोस विकिपीडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।

कसले भाग लिन पाउने?

कुन लेखहरू बनाउने वा सुधार गर्ने?

साथै यस बाहेकका पनि महिला सम्बन्धित शिर्षकमा लेख बनाउन सकिनेछ।

विकी ओमेन एडिटाथनमा के गरिन्छ?

  • धेरैजना मानिसहरू एक ठाउँमा जम्मा भएर विकिपीडियामा लेखहरू लेखिन्छन् र तिनलाई सम्पादन गरिन्छन्।
  • लेख कसरी लेख्ने वा कसरी प्रस्तुतिकरण गर्ने भन्ने बारेमा सीप सिकाइन्छ।
  • लेखहरूलाई स्तरीकरण गरिन्छ।
  • तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट अनलाइन योगदान गर्न सक्नेछन्।

योगदानको खाका

  • फेब्रुअरी ८, २०१६ - मार्च ८, २०१६ सम्म सबै महिला तथा पुरुष योगदानकर्ताले आ-आफ्नो ठाउँबाट विकिपीडियाका विभिन्न लेखहरूमा योगदान गर्ने । (नयाँ लेख लेख्ने तथा पुराना लेखमा सामग्रीहरू थप गर्ने वा परिमार्जन गर्ने।)
  • प्रतियोगिता अवधि भर (फेब्रुअरी ८, २०१६ - मार्च ८, २०१६)मा सबैभन्दा धेरै लेखहरू निर्माण तथा सम्पादन गर्ने योगदानकर्ताहरू पुरस्कृत हुनेछन् ।
  • लेख निर्माण गर्दा लेखमा इन्फोबक्स, स्रोत सामग्री र बाह्य लिङ्क राख्नुका साथै लेखमा कम्तीमा ६० शब्द हुनु अनिवार्य छ । अझ बढी जानकारीको लागि नयाँ पृष्ठ कसरी आरम्भ गर्ने हेर्नुहोला ।
  • कुनै लेख सम्पादन गर्दा प्रतिसम्पादनमा ६० शब्द राख्नु पर्नेछ ।
  • यस प्रतियोगिता अन्तर्गत बनाइएका वा सुधार गरिएका लेखहरू यस प्रतियोगिताका तदर्थ समितिका सदस्यले जाँच गरी तथ्याङ्कमा जोड्नेछ ।
  • विकिपीडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।

पुरस्कार

  • यस कार्यक्रममा भाग लिइ योगदान दिने उत्कृष्ट तीन योगदानकर्ताहरू प्रथम, द्वितीय र तृतीयलाई क्रमश रु.७०००|-, रु.५०००|- र रु.३०००|- नगद पुरस्कारको व्यवस्था गरिएको छ।
  • यस कार्यक्रममा सहभागी सबै योगदानकर्ताहरूलाई कदर-पत्र प्रदान गरिनेछ ।

विजेताहरू

यो प्रतियोगिताको विजेताहरू केही यस प्रकार छन् :-

  • पहिलो BRPever (१९२ स्वीकृत लेखहरू)
  • दोस्रो Nilamkarn (१३३ स्वीकृत लेखहरू)
  • तेस्रो Devraj poudel (२२ स्वीकृत लेखहरू)

जानकारीका लागी

ट्विटर

फेसबुक

गुगल प्लस

यो पनि हेर्नुहोस्