विकिपिडिया:अंक परिवर्तक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अंक परिवर्तक एक जावास्क्रिप्ट आधारित ग्याजेट हो जो विकिपिडियामा अंकहरुलाई अरबी(अंग्रेजी) र देवनागरी अंकहरु बीच परिवर्तन गर्नको लागि प्रयोग गर्न सकिन्छ। यदि यो सक्षम गरिएको छ भनें लग-इन गरेका प्रयोगकर्ताहरुको लागि माथि प्रयोगकर्ता पृष्ठको कडी भन्दा पहिला अंक परिवर्तन दर्शाउँछ, मेन्यू दर्शाउँछ, र यदि प्रयोगकर्ताले लग-इन गरेको छैन भनें प्रवेश गर्ने कडी भन्दा पहिला यो मेन्यू दर्शाउँछ।

कार्यक्षेत्र[सम्पादन गर्नुहोस्]

यसले केवल देखिंदै गरेका अंकहरुमा काम गर्दछ, इनपुटमा होइन यो ग्याजेटले अहिले केवल निम्न स्कीनहरुमा काम गर्छ:

  • भेक्टर
  • मोनोबुक
  • चिक
  • माइस्किन
  • सिम्पल
  • मोडर्न

यसको मेन्यूमा अंकहरुका तीन विकल्प छन्।

  • डिफल्ट: यदि यो विकल्प चुनिएको छ भनें अंक जुन प्रकारले लेखिएका छन, त्यस्तै देखिन्छन्, अथवा जहाँ देवनागरी अंक छन् त्यहाँ देवनागरी अंक देखिनेछन्, र जहाँ अरबी अंक छन् त्यहाँ अरबी अंक देखिनेछन्। यस विकल्पलाई दर्शाउने शव्द डिफल्ट हो।
  • अरबी: यदि यो विकल्प चुनिएको छ भनें सबै अंक अरबी अंकहरुका रूपमा देखिनेछन्, अर्थात 0 1 2 3 4 5 6 7 8 9। यस विकल्पलाई देखाउने शव्द अंग्रेजी हो।
  • देवनागरी: यदि यो विकल्प चुनिएको छ भनें सबै अंक देवनागरी अंकहरुको रूपमा देखिनेछन्, अथवा ० १ २ ३ ४ ५ ६ ७ ८ ९। यस विकल्पलाई दर्शाउने शव्द नेपाली हो।

विशेष[सम्पादन गर्नुहोस्]

यो ग्याजेटले अंक चुनाउको सम्झना राख्नको लागि कुकीको प्रयोग गर्दछ, अर्थात एक पल्ट एउटा कम्प्यूटरमा एक ब्राउजरमा यदि कुनै एक प्रकारको अंकहरुको चुनाव गरियो भनें त्यस ब्राउजरमा नेपाली विकिपिडियाको हरेक पृष्ठमा त्यस्तै प्रकारका अंक देखिनेछन्, जब सम्म चुनाउ बद्ली गरिंदैन। प्रयोगकर्ताले अलग-अलग पृष्ठहरुमा अलग-अलग विकल्प चुन्न सक्तछन्, तर यदि एक पल्ट देवनागरी अथवा अरबी अंकहरुको चुनाउ गरिएमा र त्यसपछि डिफल्ट चुनाव गरियो भनें डिफल्ट अंक त्यति खेरै देखिनेछन् जब कुनै अन्य पृष्ठ खोलिएमा अथवा वर्तमान पृष्ठलाई रीलोड (रीफ्रेश) गर्नुपर्छ।

यसको अतिरिक्त कुनै ठाँउमा एकै प्रकारका अंक देखिन्छन्, चाहे देवनागरी अंकहरुको चुनाउ गरिएको होस् या अरबी अंकहरुको। उदाहरण: देवनागरी अंक भएको लेखमा अंक देवनागरी नै देखिनु पर्छ जसले गर्दा लेख पढ्न सकियोस्। यस्ता ठाँउहरुमा अंकहरुलाई {{स्थायी अंक}} ढाँचाहरूमा हाल्नु पर्छ। यसले ती सदैव त्यस्तै नै देखिनेछन् जसरी लेखिएकाछन्। उदाहरण: माथि लेखिएका देवनागरी र अरबी अंक स्थायी छन्।