विकिपिडिया:ट्विङ्कल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्विङ्कलको प्रयोग सहितको चित्र

ट्विङ्कल मूलरूपले अङ्ग्रेजी विकिपिडियामा बनाइएको एउटा जाभास्क्रिप्ट उपकरण हो जसले विकिपिडियामा विभिन्न कार्यहरुमा सहायता गर्दछ। यसको प्रयोग मात्र दर्ता भएका प्रयोगकर्ताले गर्न सक्छन्। यसले विकिमा कयौं सुबिधाहरू उपलब्ध गराउँछ। जसमा प्रयोगकर्तालाई सन्देश दिन, बर्बरताको कार्यलाई एक बटनमा फिर्ता गर्न, पृष्ठहरुलाई मेट्नका लागि नामाङ्कित गर्न तथा अन्य धेरै सुविधाहरु सामेल छन्। ट्विङ्कल मूलरूपले AzaTothद्वारा बनाइएको हो र यसको उत्पतिमा Aaron Schulz को स्क्रिप्टहरुको पानि साथ रहेको छ । अङ्ग्रेजी विकिपिडियामा Ioeth द्वारा बनाइएको फ्रेन्डली नामक उपकरण ट्विङ्कलको एउटा भाग हो।

मूल जानकारी[सम्पादन गर्नुहोस्]

सुरुवात
ट्विङ्कल प्रयोग गर्नका लागि तपाई उपकरण ट्याबमा रहेको ट्विङ्कललाई छानेर र तल दिइएको सङ्ग्रह गर्नुहोस बटनलाई क्लिक गर्नुहोला ।
ट्विङ्कल प्रयोगलाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्न
ट्विङ्कललाई आफ्नो इच्छा अनुसार परिवर्तन गर्नका लागि अभिरुची हेर्नुहोला। परिवर्तन गरिसके पश्चात पश्चात त्यस पृष्ठको तल परिवर्तन सङ्ग्रह गर्ने बटनमा अवश्य क्लिक गर्नुहोला।